दिल्लीमा मदिरामा ७० प्रतिशत ‘विशेष कोरोना’ शुल्क

२३ वैशाख, काठमाडौं । भारतमा दिल्लीमा मदिरा खरिदमा विशेष कोरोना शुल्क पनि थप हुने भएको छ । मंगलबारदेखि लागु हुने गरी ७० प्रतिशत ‘विशेष कोरोना’ शुल्क जोडिएको हो ।

सोमबार मुलुकभर लकडाउनमा केही राहत दिएसँगै दिल्ली सरकारले पनि मदिरा पसल खोल्ने निर्णय गरेको थियो । तर, मदिरा पसलमा अत्यधिक भिड देखिएसँगै साँझ ७० प्रतिशत अतिरिक्त शुल्क लगाउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड-१९) को महामारीको कारण आर्थिक रुपमा सरकारलाई पुगेको नोक्सानीलाई यसबाट उठ्ने राजस्वले केही हदसम्म सहयोग गर्ने अपेक्षा छ ।

यद्यपि अतिरिक्त शुल्क लगाइएपछि पनि मदिरा पसलमा मानिसहरुको भीड भने घटेको छैन । मंगलबार पनि बिहानैदेखि मुलुकका धेरै मदिरा पसलहरुमा मानिसहरु लाइनमा बसेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा भाइरस भइरहेका छन् ।

स्रोत  : बीबीसी

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close