सिमाना रक्षा गर्न भारतले यसरी प्रयोग गर्छ गोर्खा सैनिक, लद्दाकमा नेपाली नै ल’ड्दैछन् चिनियाँ सैनिकसंग (भिडियो हेर्नुस्)

सिमाना रक्षा गर्न भारतले यसरी प्रयोग गर्छ गोर्खा सैनिक, लद्दाकमा नेपाली नै ल’ड्दैछन् चिनियाँ सैनिकसंग (भिडियो हेर्नुस्)

काठमाडौं । भारत र चीनको सिमाना लद्दाख क्षेत्रमा विगत एक महिना यता थुप्रै पटक झ’डप भएको छ । सो क्षेत्रमा भारत र चीन दुवै देशले सुरक्षाकर्मीको संख्या बढाएका छन् । भारतले चीनसँग सीमा विवाद बढ्दै जाँदा निरन्तर झ’डप भइरहेको लद्दाख क्षेत्रमा भारतले गोर्खा सैनिक परिचालन गरेको खुलेको छ । भारतले सिमा विवाद भएका स्थानमा यस अघि पनि गोर्खा सैनिकलाई प्रयोग गर्दै आएको छ ।

चीनसंग भएको सिमा विवाद होस् वा पाकिस्तानसंग भारतले गोर्खा सैनिकलाई नै पहिलो लाइनमा प्रयोग गर्ने गरेको छ । हालै सार्वजनिक भएको एक भिडियोमा लद्दाक क्षेत्रमा नेपाली आवाज सुन्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल भएको सो भिडियोमा भारतीय सेनाले चीनको एउटा गाडी नि’यन्त्रण’मा लिएका छन् ।

एक जना चीनीया सेना पनि क’ब्जामा लिएको भिडियोमा देख्न सकिन्छ । सो भिडियोमा नेपाली आवाज सुनिन्छ । गोर्खा सैनिकका नेपालीले ‘गोद” ‘हान’ शब्द प्रयोग गरेका छन् । उनले नेपाली शब्द प्रयोग गरेर निनियाँ सैनिकलाई गा’ली गरिरहेको प्रष्ट सुन्न सकिन्छ ।

तर भारतीय पक्षले भने सो भिडियोमा सत्यता नभएको प्रतिकृया दिएको छ । यता, भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले भने सो क्षेत्रमा गोर्खा सैनिक परिचालन गरिएको हुनसक्ने बताएका छन् । चीनको सीमामा आइपीबीपी (इन्डो–तिब्बत बोर्डर पुलिस) मात्र परिचालन गर्ने नीति नभएका कारण गोर्खा सैनिक हुन सक्ने उनको आँकलन हो ।

भारतले ‘आवश्यक परेमा गोर्खा पल्टन लद्दाख र कस्मिरमा मात्र होइन, नागाल्यान्ड र पञ्जाबसहित अन्य कुनै पनि सीमामा परिचालन गर्ने गरेको छ । गोर्खा सैनिक भारतको मुख्य ल’डाकु दस्ता भएकाले सिमाना रक्षाका लागि सो टोली परिचालन गर्ने गरेको छ ।

Posted by DOGRA Swaraj Foundation

गएको २६ दिनदेखि लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच त’नाव चलिरहेको छ। दुई सेनाबीच अनेकौँ पटक झ’डप भएका छन्। झ’डपका क्रममा चिनियाँ सेनाले कयौँ भारतीय सैनिकलाई नि’यन्त्रण’मा लिएको तस्बिर पनि भाइरल बनेको छ।

छिमेकी चीन र पाकिस्तानसँग हुने गरेका सैन्य तुनावका बेला भारतले गोर्खा पल्टनलाई ‘फ्रन्ट लाइन’मा परिचालन गर्ने गरेको छ। सन् १९६२ मा गोर्खाली पल्टनले भारतको पक्षबाट चीनसँग यु’द्ध लुडेको थियो। भुटान र चीनको सीमानजिकै दोक्लममा सन् २०१७ मा चिनियाँ र भारतीय सेना ७३ दिनसम्म आमनेसामने हुँदा पनि भारतले गोर्खा पल्टन परिचालन गरेको थियो।

भारतले ५ अगस्ट २०१९ मा जम्मु–कस्मिर र लद्दाखलाई छुट्टाएर नयाँ नक्सा जारी गरेको थियो। सो नक्सामा भारतले आफ्नो भूमिलाई समावेश गरेको भन्दै चीनले विरोध गर्दै आइरहेको छ।tajakhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close