
राहुल गुप्ता
वीरगंज,पर्सा
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा का प्रहरी निरिक्षकको भास्कर खवडाले एक्सनमा आइ चर्को भाडा लिने युनिक सुमो सेवा प्रा.लि लाई कार्वाही गरको छ।
वीरगंज -काठमाण्डौ चलने सुमोले चाड पर्व लक्षित गरि अनावश्यक रुपमा युनिक सुमो सेवा प्रा.लि ले चर्को भाडा लिएर सुमोमा बसाएको यात्रुलाइ ट्राफिक प्रहरी निरिक्षक भास्कर खतिवडाले चर्को भाडा लिएको यात्रुको पैसा फिर्ता गराएका छन।
साथै आइदा यात्रु सँग चर्को भाडा समेत नलिन ट्राफिक प्रहरी निरिक्षक खतिवडाले युनिक सुमो सेवा प्रा.लि सम्झाएका छन तथा यात्रुहरु लाइ बढी भाडा नतिरौ कसैले बढी भाडा लिएमा नजिकको ट्राफिक प्रहरी, प्रहरी वा पैसा नलाग्ने टेलिफोन सेवा १००, १०३ मा खबर गरौ भनि यात्रुहरु लाइ ट्राफिक प्रहरी निरिक्षक खतिवडाले सम्झाएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस