
वीरगंज। नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखि क्याम्पस द्वारा चियापान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। स्ववियु चुनावको मध्यनजर गर्दै नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखि क्याम्पस द्वारा चियापान तथा छलफल कार्यक्रम आयोजना गरिएको थियो।
चियापान तथा छलफल कार्यक्रममा ने.बि.संघ लाई कसरी स्ववियु निर्वाचनमा बहुमतका साथ निर्वाचित गराउन सकिन्छ र कसरी ने.बि.संघ लाई अझ बलियो बनाउन सकिन्छ त्यसको बारेमा चर्चा परिचर्चा गरिएको थियो।
चियापान तथा छलफल कार्यक्रम नेपाल विधार्थि संघका सभापति विधार्थी नेता रोहित सिंहको सभापतित्वमा एंव नेपाली काँग्रेस पर्साका पुर्ब उप सभापति राजु साहको प्रमुख अतिथिमा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाल तरुण दल पर्साका सभापति बिकास तिवारी,नेपाली कांग्रेस पोखरीया नगरपालिकाका नगर सचिव एंव पुर्ब स्ववियु सदस्य धर्मराज यादव,नेपाली काँग्रेस पर्साका सदस्य हरेन्दर यादव ,ने.वि.सं पर्साका पुर्ब जिल्ला संयोजक दिलिपराज कार्कि,तरुण दल पर्साका प्रवक्ता केशवराज मिश्र,तरुण दल पर्साका सचिव समिर मंसुरी,नेपालि काँग्रेस पर्साका युवानेता शेस हजरा लगायतका ब्यकिहरुको उपस्थिति रहेको थियो।