
चिकित्सा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल गर्दै डा. सरोज सिंह नेतृत्वको चिकित्सक टोलीले घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपणमा(Bi-Lateral Total Knee Replacement) सफलता हासिल गरिरहेको समाचार प्राप्त भएको छ।
अस्पताल स्रोतका अनुसार ३वर्ष पहिला ६५ वर्षीया एक पुरुष को घुँडाको कृत्रिम जोर्नी प्रत्यारोपणको(Bi-Lateral Total Knee Replacement ) जटिल शल्यक्रिया गरी नेपालमै दुर्लभ मानिने चिकित्सकीय उपलब्धि हासिल गरिएको छ।
यो प्रकारको शल्यक्रिया अत्यन्तै जोखिमपूर्ण तथा सूक्ष्म प्रक्रियासँग जोडिएको हुन्छ। त्यसैले घुँडाको प्रत्यारोपण हुनु आफैंमा ठूलो चुनौती मानिन्छ। तर डा. सिंहको दक्षता, अनुभव र समर्पित चिकित्सक टोलीको सहकार्यले यस्ता कार्यहरु सफलतापूर्वक सम्पन्न गर्न सम्भव बनाएको हो।
त्यस्तै केही दिन पहिलो एक पुरुषलेको बायाँ खुट्टाको अपरेसन गरेका डा.सिंहले अहिले त्यो ब्यक्तीले बायाँ खुट्टा पुर्ण रुपमा ठिक भएको बताएका छन । त्यस्तै दायाँ खुट्टा मा पनि केही समस्या देखिएको कारण उनले आज डा.सिंह संग भेट गरि दायाँ खुट्टाको पनि अपरेसन गरिदिन अनुरोध गरेका छन ।
अहिले घुँडाको समस्या झेलिरहेका बिरामीहरूलाई सुर्य अस्पताल ले अत्याधुनिक उपचारले आफ्नै देशमै यस्ता अपरेसनको हुने गरेको सन्देश समेत दिएको छ।
डा. सिंहले यस अवसरमा भन्नुभयो, “यो केवल एक सर्जरी मात्र होइन, नेपाली स्वास्थ्य सेवामा आत्मनिर्भरताको दिशामा ठूलो कदम हो।”