घरेलु आगलागी नियन्त्रण सम्बन्धमा प्रयोगात्मक जनचेतनामूलक प्रदर्शनी ।

अजित कुमार भुजेल

बिरगंज , माघ २७ गते मंगलवार ।

घरेलु आगलागीलाई कसरी नियन्त्रण गर्ने तरिकाबारे प्रयोगात्मक प्रदर्शनी गरिएको छ । समुदाय- प्रहरी साझेदारी अन्तर्गत विपद् व्यवस्थापन गुल्म प्रदेश न. २ वीरगञ्ज र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको सन्युक्त आयोजनामा बिरगंज वडा न.४ गणेशमान चोकमा प्रयोगात्मक प्रदर्शनी गरिएको थियो ।

घरेलु खाना बनाउने ग्यास सिलिण्डरमा हुने आगलागी, शरीरमा आगो लागेको अवस्थामा, खाना बनाउने भाडाँमा लागेको आगो, विद्युतिय बल्ब लगायतका घरेलु प्रयोजनको क्रममा हुने आगलाीलाई नियन्त्रण गर्ने तरिकाको बारेमा विपद व्यवस्थापन गुल्म वीरगञ्जका प्रमुख प्रहरी निरिक्षक सरोज प्रजापतिले प्रयोगात्मक ( डेमो) गरि त्यसबाट आफू र अरुलाई कसरी क्षति हुनबाट बचाउने भन्ने बारे जानकारी गराउनु भएको थियो ।

सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न प्रदर्शनीमा पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा न. ४ का वडा अध्यक्ष जगत साह कानु, वडा न. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक सुमन कार्की, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक राजेशराज पुरी, श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक साह, कन्चनजंघा स्कुलका निर्देशक मार्टिन मोक्तान ,ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी शाखाका सचिव लालबाबू सिंह , सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दाहाल , कोषाध्यक्ष सम्झना मल्ल , उपसचिव रामबाबू रायमाझी , ईन्दिरा पोखरेल , शिव गोयल, मुन्ना सोनि , महिला प्रहरी हवल्दार सुनिता बिक , प्रहरी जवान कुमार बिक , ने. रा. मा. बि. नगवाका शिक्षक रामनारायण प्रसाद , छात्रछात्राहरु र स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्रका सचिब श्रवण रायमाझीले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन मुनलाईट माविका डाईरेक्टर श्याम केसीले गर्नुभएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close