
कोभिड-१९, अहिलेको परिवेश एवम समधान र सरकारलाई प्रश्न : छोटेलाल याद
मानवजातिको इतिहास हेर्ने हो भने हामी धेरै किसिमका महामारीको चपेटामा परेका छौ । तर अहिले चलिरहेको महामारी, मानवजातीको इतिहासमा पहिलो पटक बिश्वलाइ नै डिस्टर्ब गरेको छ । यो महामारीले सम्पुर्ण मानवजातीलाई कैदी हुने अवस्था सिर्जना गरेको छ । तसर्थ सबैले यो घडीमा आफुलाई असुरक्षीत मससुस गरिरहेका छन । नया कुरा के आएको छ भने , पहिलो पटक होला सायद सबै वर्ग समान चिन्तित देखिएका छन । यसको निकासको निम्ती बिश्वका शक्तिशाली मुलुकहरु साथै अन्य मुलुकहरु पनि यसको उपचारको लागी औषधी खोजीमा व्यस्त देखिन छन । यसले विश्व भरीका मुलुकहरु लाइ समान स्थानमा ल्याए पनि, माइग्रेन्ट मजदुर वर्गलाइ पिडा थपेको छ। श्रमिक मजदुरहरुको अवस्था दिन दिनै नाजुक हुदै गइरहेको छ । उनीहरुको जीवन अर्पण गर्ने अधार पूर्ण रुपले लथालिङ्ग एवंम भताभुङ्ग बनाएको छ ।
यो समस्याको प्रवृधि ठुलो भएको हुनाले सरकारको भूमिका अत्यन्त आवश्यक छ । आम नागरिक देखि सरकारको माथिलो निकाय सम्मको सहकार्य हुन् जरुरी छ। नेपालको परिवेशमा हेर्ने हो भने , श्रमिक वर्गको वकालत गर्ने पार्टीनै सत्ता चलाइरहेको छ। लामो समय देखी श्रमिक वर्गको एडभोकेशी गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रमा लगभग २/३ को बहुमतको सरकार छ र प्रदेश सरकारहरुमा ७ मध्ये ६ मा नेतृत्व लिएको छ । यस अवास्थामा यो प्रकारको सरकार हुनु सकारात्मक कुरा हो ।यो बिशेष परिस्थितिमा सरकारले दुइवटा मुख्य कदम चाल्नु पर्ने आवस्यकता छ।
पहिलो नागरिकको स्वास्थ सम्बन्धि चासो मुख्य हुनु पर्छ र अर्को फेजमा श्रमिक वर्गको जीवन चर्या चलाउन प्रसस्त राहतको व्यवस्थापन गर्नु पर्द छ । हाम्रो मुलुकको जनचेतना स्थर कम भएको हुनाले , जनचेतना प्रसस्त मात्राम फैलाउन पर्छ । कोभीड-१९ सम्बन्धि सुचना सामाजिक संजाल एवंम बिधुतिय मेडियाको मार्फतले जनसमुदायमा पुर्याउन सक्नु पर्छ ।
हामी समाजिक प्राणि हौ, समाजमा स्वाभाविक रुपमा हरेक किसिमका मान्छे हुन्छन। यहा राजीनितिक साथै गैरराजनीतिक सबै चरित्रका व्यक्ति हुन्छन र यहि बाटनै हामीले जनप्रतिनिधि पानी चुनेका हुन्छौ । हामीले चुनेका सबैले काम गर्न नसक्नुको कारण के होला ? चाहिने जतिको बचेट छ, अधिकार प्राप्त हुदा पानी किन असफल ? किनभने , कुनै पानी काम गर्न इच्छा शक्ति चाहिन्छ र हामीले चुनेका केही पात्रहरुको गैर राजनीतिक चरित्रका हुन्छन । तसर्थ हामी निरास हुनु पर्छ ।
प्रतेक दिन हजारौको संख्यामा श्रमिकहरु सडकमा अलपत्र परेको हामी संचार माध्यम र सामाजिक संजालमा देखछौ र हामी संग सरकारको आलोचना बाहेक केही गर्न सक्दैनौ ।
अब प्रश्न आउँछ , आखिर किन सरकार मौन छ ? बिदेशमा फसेका नागरिकको उद्दार किन गर्न सकिरहेको छैन ? श्रमिक मजदुरहरु लाइ अहिले सम्म ब्यवास्ठापं किन गर्न सकिएन?
जुन वर्गको राजनीतक पौहुच छैन
। सामाजिक स्थरबाट कमजोर देखिन्छन , त्यो वर्गको लागि नाबोल्दिनु अहिलेको राजनीतक नेतृत्वहरुको लागि श्राप नबन्ला भन्न सकिन्न । राहतकै कुरा गर्ने हो भने यो वर्ग अत्यधिक पिडित छ , सायद जनप्रतिनिधिहरु गैर राजनीतिक भएर पनि होला । जनप्रतिनिधिहरु राजनीतिक भएका भए , यो समस्या हुदैन थियो होला। तसर्थ जिम्मेवारी बोध गर्न आहिलेको आवस्यकता हो ।
हाम्रो देश सायद लामो सम्म लक् डाउन थेग्न नसक्ला। आर्थिक भार दिन दिनै बढिरहेको अवस्था छ , कलकरखाना बन्द ठप्प परेको अवस्था छ। मुलुकले ठुलो आर्थिक भार सहन नसकने आवस्था छ ।
पर्यटन वर्ष स्थगित हुन साथ् , त्यो क्षेत्रमा परेको समस्या पनि ठुलो छ ।
पर्यटन मजदुरहरु को व्यवस्थापन मूल च्यालेन्ज हुन सक्छ । तसर्थ , सतर्कता अपनाउदै सरकारले यो बेला उधोगहरु संचालनमा ल्याउनुको विकल्प छैन ।




