इन्काउन्टर स्पेस्लिस्टमा चर्चित प्रहरी उपरिक्षक ढुंगेल जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाले

इन्काउन्टर स्पेस्लिस्टमा चर्चित प्रहरी उपरिक्षक ढुंगेल जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी सम्हाले

राहुल गुप्ता
वीरगंज, पर्सा

इन्काउन्टर स्पेस्लिस्टमा चर्चित प्रहरी उपरिक्षक कुमोध ढुंगेल जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी आज बुधवार देखि सम्हालेका हुन।

जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक कोमल बिक्रम शाहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा काठमाडौं सरुवा भएपछि उनको स्थानमा कुमोध ढुंगेल आएका छ्न् ।

ढुंगेल आजै जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेर कमाण्ड सम्हालेका हुन् । प्रहरी उपरिक्षक ढुंगेललाई डीएसपी कुमार बिक्रम थापा लगायत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए।

प्रहरी उपरिक्षक ढुंगेल अपराध नियन्त्रण र गुण्डाहरूलाई तह लगाउनेमा निकै नाम नै कमाएको चर्चामा देखिन्छ। ढुंगेललाई प्रहरीमा ईन्काउन्टर स्पेसलिस्ट भनेर चिनिन्छन् ।

जिल्ला प्रहरी कार्यालय पर्सा बाट प्रधान कार्यालय इन्टरपोल शाखा काठमाडौं सरुवा भएका प्रहरी उपरीक्षक कोमल बिक्रम शाह ले गत शुक्रबार नै जिल्ला प्रहरी कार्यालय पर्साबाट रवाना पत्र लिएर गएका थिए‌

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close