
अति बिपन्न परिवारको छोरिको बिवाहको लागि अल मन्सुर फाउन्डेसनद्वारा आवस्यक किचेनका भाडाकुडा सहयोग ।
बिरगंज , माघ ०८ गते शनिबार ।
अल मन्सुर फाउन्डेसन काठमाडौको सहयोगमा तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज पर्सा र राईजिङ्ग बिरगंज नेपालको संयुक्त आयोजनामा बिवाहको लागि आवस्यक किचनको भाडाकुडा आज सहयोग गरेको हो ।
राईजिङ्ग बिरगंज नेपालका अध्यक्ष अकदस मुस्तफा ( आरजु खान )को अध्यक्षतामा तथा जिल्ला प्रहरी पर्साका प्र.नि. दीपेन्द्र श्रेष्ठको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई, जेयाउल हक समानी , अजित भुजेल, मुनिर अलि, अहमद सम्सुदिन ,मन्सुर एजाज अहमद ईमामुल हक , छप्कैया प्रहरी बिटका प्र.स.नि.रामस्वार्थ प्रसाद यादव , प्रहरी हवल्दार विजय प्रसाद पटेल , प्रहरी जवान राज कुमार तामाङ्ग लगायतको उपस्थितिमा जिल्ला पर्सा बि.म.न.पा वडा न. ३ बस्ने स्वर्गीय शेष वजिद अलिको छोरीको बिबाहमा चाहिने किचनको सम्पुर्ण भाडाकुडा सन्युक्त रुपमा हस्तान्तरण गरिएको हाजि ग्यासुदिन ठकुराईले जानकारी दिनुभयो ।




