
पवन प्रसाद साह
वीरगञ्ज, पर्सा
चैत्र १९ गते
बिरगंज महानगर पालिका वार्ड न:-९ रानिघाटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अंगद ठाकुर ज्युको अध्यक्षता मा २१ सदस्यीय वडा ईकाई समिति गठन भएकोछ। त्यस वडा ईकाई समितिको अध्यक्ष बलराम प्र.सरार्फ उपाध्यक्षमा मन्जु तिमिल्सिना रत्न देवि खड्गी नितेन कुमार सरार्फ सचिव सुरज सरार्फ कोषाध्यक्ष रामनाथ साह सोनार लगायतका रहेकाछन।
त्यस कार्यक्रममा बिरगंज महानगर कार्यसमितिका अध्यक्ष जलेशवर सरार्फ सचिव राजेश कुमार गुप्ता केन्द्रिय सदस्य तथा पुर्व जिल्ला सभापति शम्भु चौरसिया गया हाजरा पासवान जिल्ला सचिव अजय पौडेल जिल्ला सदस्य गया ठाकुर लगायत उल्लेखनीय व्यक्तित्त्वहरुको सहभागिता रहेको थियो।
देशमा देखिएको राजनीतिक किचलो उखालेर फाल्न राष्ट्रवादी शक्तिहरु एक ढिक्का भएर अगाडी बढदै जरा उखालदै फाल्नुको विकल्प नरहेको धारणा व्यक्त गर्दै वक्ताहरुले आफ्नो भनाईहरु राखेको थिए।




