पर्सा निवासी गुप्ता सहित नेपाली समाज टेक्ससको नयाँ नेतृत्वका लागि ३२ को उम्मेदवारी

अध्यक्षमा वाग्ले र सापकोटा भीड्दै

पर्सा निवासी गुप्ता सहित नेपाली समाज टेक्सस (एनएसटी)को आउँदो कार्यसमितिको नेतृत्वको लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

आइतबार अपरान्ह ५ बजेसम्ममा १६ पदका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अधिकांश पदहरुमा दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्षमा नेपाली समाज टेक्ससका वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले र पूर्ब वरिष्ठ उपाध्यक्ष कमल सापकोटाको उम्मेदवारी परेको छ ।एनएसटीको भावी नेतृत्वका लागि प्यानलै बनाएर दुई समूह प्रतिस्पर्धामा उत्रिएका छन् । सोही कारण अधिकांश पदहरुमा दुईजनाको उम्मेदवारी परेको हो/

कार्यसमितिका सात सदस्यको लागि १३ जनाको उम्मेदवारी परेको छ । सदस्यका लागि रामबाबु प्रसाद गुप्ता, महेन्द्र पुन, विजयराज भुसाल, पुण्य पाण्डे, अमित उप्रेती, चन्द्रकान्त उपाध्याय, रविन पाठक, उज्ज्वल आचार्य, सरोज सिग्देल, बलराम पौडेल, सन्दीप लामिछाने, खिमप्रसाद शर्मा र शान्ताकुमारी गिरीको उम्मेदवारी परेको छ ।

अध्यक्ष पदमा मनोनयनका लागि दुईहजार डलर शुल्क तोकिएको छ । त्यस्तै वरिष्ठ उपाध्इक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः एकहजार आठसय, एकहजार पाँचसय, एकहजार ५ सय, एकहजार दुईसय डलर शुल्क तोकिएको छ । सदस्यमा भने ५ सय शुल्क तोकिएको छ ।
नेपाली समाज टेक्सस अमेरिकामा रहेको नेपालीहरुको संस्थाहरुमध्य पुरानोमा पर्ने संस्था हो । विगतमा वैकुण्ठ थापा, गौरीराज जोशी, डा.प्रेम अधिकारी, कृष्ण लामिछाने, राम सी पोखरेल, सुमन थापा जस्ता व्यक्तित्वहरुले यो संस्थाको नेतृत्व गरिसकेका छन् । एनएसटीमा तीनहजार ९ सय ९१ सदस्यहरु छन् ।

एनएसटीको नयाँ कार्यसमितिको लागि आउँदो आइतबार बिहान ११ बजेदेखि चुनाव हुने कार्यतालिका निर्वाचन समितिले प्रकाशित गरेको छ । निर्वाचन सम्पन्न गर्नका लागि पूर्ब अध्यक्ष डा. प्रेम अधिकारीको संयोजकत्वमा बासुदेव भण्डारी, भीम कार्की (सिपिए), डा. नन्द रेग्मी, सुमन थापा, महेश नेपाल र सिर्जना शर्मा पोखरेल रहनुभएको ७ सदस्यिय समिति गठन भएको छ ।
विगतका दुई कार्यकाल निर्विरोध रुपमा नेतृत्व चयन भएको थिए । तर यसपटक भने टेक्ससको नेपाली समुदायमा भिजेका र सामाजीक गतिविधिमा अत्यन्तै सकृय वाग्ले र सापकोटा दुईको उम्मेदवारीले माहौल निकै गर्माएको छ ।

भिडियो:

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close