भुस्याहा कुकुरलाई खुवाउँदा ८ लाख जरिवाना

एजेन्सी । भारतको महाराष्ट्रको राजधानी सहर मुम्बईमा अचम्म लाग्दो घटना घटेको छ । एक महिलाले भुस्याहा कुकुरलाई खाना खुवाउँदा ८ लाख भारतीय रुपैयाँ जरिवाना तिर्नु परेको छ । नबी मुम्बईको हाउजिङ कम्प्लेक्समा बस्ने अंशु सिंह नाम गरेकी महिलालाई उक्त समुदायको व्यवस्थापकले ८ लाख रुपैयाँ जरिवाना तिराएको हो । उनी बस्ने कम्प्लेक्समा अन्य ४० भन्दा धेरै भवनहरु छन् ।

ती महिलालाई दैनिक ५ हजारका दरले जरिवाना लगाइएको थियो । उनलाई भुस्याहा कुकुरले सोसाइटीमा फोहोर गर्ने भएकाले जरिवाना लगाइएको हो । उक्त सोसाइटी भित्र धेरै भुस्याहा कुकुर घुमिरहेका हुन्थे ।

तिन्लाई अन्य महिलाले पनि खानेकुरा दिँदा उनीहरु माथि पनि जरिवाना लगाइएको छ । सोसाइटीकी एक महिलाका अनुसार उनीहरु माथि चौकीदारले पोल लगाउने गरेको बताइन् । हाउजिङ्गका सचिवले स्वच्छताका लागि यस्तो नियम लगाइएको बताए । उनका भनाईमा कुकुरहरु पार्किङ र अन्य स्थानमा फोहोर गर्ने गर्दछन् । साभार नागरीक खबरबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close