कोरोना सङ्क्रमण बढे पछि चीनको सियान सहरमा लकडाउन

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण बढे पछि चीनको सियान सहरमा लकडाउन भएको छ । शान्शी प्रान्तमा रहेको सियान सहरमा  लकडाउन गरिएको हो । लामो दूरीका बस स्टेशन बन्द भइसकेका छन् भने सहरतर्फ जाने नाकामा कडाइ गरिएको छ ।

सियान विमानस्थलबाट हुने धेरै उडान समेत स्थगित गरिएका छन् ।

अत्यावश्यकबाहेकका व्यापार व्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । एक करोड ३० लाख जनसङ्ख्या रहेको यो सहरका नागरिकलाई घर भित्रै बस्न भनिएको छ ।

सियान मा गएको मंसिर २३ गते पछि १ सय ४३ जनामा सङ्क्रमण पाइएको बीबीसीले जनाएको छ । सरकारी अधिकारीका अनुसार अहिले त्यहाँ कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको हो । साभार उज्यालो अनलाईन बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close