जिउ मास्ने बेच्ने कसूरका फरार प्रतिवादी पक्राउ

काठमाडौं नयाँबजार डेरा गरी बस्ने पीडित महिलाको श्रीमान बिरामी भई घरमा गएको मौकामा टेक बहादुरले ती महिलालाई श्रीमती बनाउँछु, दु:ख गर्नु पर्दैन भन्दै ललाई फकाई २०४९ जेठ ३० गते धनकुटा लैजाने भन्दै काकँडभिट्टा हुँदै भारतको नयाँदिल्ली पुर्‍याको र २ जना महिलालाई जिम्मा लगाई ३५ हजार भारतीय रुपैयाँमा बिक्री गरेको थाहा पाएपछि उनी बाटोबाटै भाग्न सफल भई २०४९ असार १६ गते नेपाल फर्केर २०४९ कात्तिक २६ गते टेक बहादुर विरुद्ध जिल्ला प्रहरी काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् ।

सो मुद्दाको अनुसन्धानको क्रममा प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो ववरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।-File Photo

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close