
राहुल गुप्ता
पर्सा जिल्ला छ्पकैया वडा नं ३ बस्दै आएका डाक्टर जाफर इमामले आफ्नो विद्यावारिधीका दैरान बाङ्लादेशमा विवाह गरि बाङ्लादेशी श्रीमतिलाई एक्लै छोडी फरार भइ पर्सा जिल्लमा बस्दै आएका छन ।
सन २०१८ मा काजी कार्यालयमा फतेमा तुजेहरा संग जाफर इमामले मुस्लिम धर्म अनुसार विवाह गरि निजलाइ एक्लै बनाइ फरार भएका थिए ।
सन २०१८ मा काजी कार्यालमा निगाह गरेका जाफरले पुर्ण सन २०२२ मा बाङ्लादेशको कानुन अनुसार अदालतमा विवाह समेत गरिसकेका रहेछन।फातिमा सग बिवाह गरेको केही वर्ष पछि उनको पहिला नै निगाह भैसकेको थाहा पाएपछी फातिमाले जाफर लाई खोज्दै पर्सा जिल्ला प्रहरी समक्ष न्यायको गुहार माग्दै कानुन अनुसार निवेदन दर्ता गराउने प्रक्रियामा छिन।यता नारायणी असपतालमा कार्यरत डाक्टर जाफर इमाम सम्पर्क बिहिन भएका छन ।
जिल्ला छ्पकैया वडा नम्बर ३ मा बस्ने डा. जाफर इमाम पढाईको शिलशिलामा बाङ्लादेशमा mbbs अध्यन गर्दै क्रममा फातिमा पनि सो कलेजमा कृषि सम्बन्धि पढाई गर्ने क्रममा प्रेम भएको र दुबै ले विवाह गरेका थिए। डा.जाफर इमाम पहिला देखि विवाहित रहेको र एउटा छोरी समेत रहेको कुरा लुकाएर विवाह गरेका थिए ।
डा.इमाम पढाई सकेर एक्लै नेपाल फर्केको र त्यसपछि निज फतिमा लाई एक्लै छाडेका थिए।अहिले उनी खोज्दै खोज्दै पर्सा प्रहरी लाई सहयोग गरिदिन का लागि गुहार गरेकी छिन । त्यस्तै डा.इमाम र उनका बुवा अहिके सम्म प्रहरीको सम्पर्कमा आएका छैनन ।




