रामनवमी तथा नवरात्रीको विशेष अवसरमा ४७औँ सेना एस.एस.बि रक्सौल द्वारा रक्तदान शिविरको आयोजना

रामनवमी तथा नवरात्रीको विशेष अवसरमा ४७औँ सेना एस.एस.बि रक्सौल द्वारा रक्तदान शिविरको आयोजना

राहुल गुप्ता

नयाँ संवत्सर र नवरात्रीको प्रारम्भ तथा आउँदो रामनवमीको विशेष अवसरमा एसएसबी रक्सौल (बिहार) को ४७ औं कोर अस्पतालले रक्तदान शिविरको आयोजना गरेका छन।

रक्तदान शिविरमा वाहिनीका सिपाहीहरुले उत्साहका साथ भाग लिएका थिए । कामु कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, डिप्टी कमाण्डेन्ट ४७ औं कोरको प्रेरणामा इन्डियन रेडक्रस, मोतिहारीसँगको सहकार्यमा असहायको निस्वार्थ सेवा गर्न सकोस् भन्ने उद्देश्यले उक्त शिविर आयोजना गरिएको हो ।

उक्त शिविरमा वाहिनीका कार्यवाहक कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण आफैले रक्तदान गर्नुका साथै उहाँसँगै मातहतका एक अधिकृत र २० जना सैनिक सहित जम्मा २२ युनिट रक्तदान गरेका थिए ।

त्यसैगरी सशस्त्र सीमा बलको ४७ औँ सेनाले मानव स्वास्थ्य शिविर र भेटेरिनरी शिविर आयोजना गरी सीमावर्ती क्षेत्रका नागरिकको सेवामा सदैव तत्पर रहँदै नागरिक कल्याणकारी कार्यक्रममार्फत नागरिकलाई आत्मनिर्भर बनाउने काम गरिरहेको छन ।

हिजोदेखि नवसंवत्सर र नवरात्र सुरु भएको र यस्तो विशेष अवसरमा यस परोपकारी कार्यक्रमको आयोजना गरी ४७ औँ कोर, सशस्त्र सीमा बलले देशबासीको निस्वार्थ सेवा गरी आफ्नो कर्तव्यको जिम्मेवारी राम्ररी पूरा गरेका छन् । सीमामा व्यापक उपस्थितिका साथसाथै सशस्त्र सीमा बल सामाजिक कार्यमा सधै तत्पर रहन्छ, जसको माथिको कार्यक्रम एउटा जीवित उदाहरण हो ।

वाहिनीले पछिल्लो एक महिनामा आयोजना गरेको यो दोस्रो रक्तदान शिविर हो । उक्त शिविरमा रेडक्रस सोसाइटी मोतिहारीका डा अशोक कुमार, प्रयोगशाला प्राविधिक ओमप्रकाश यादव र सहायक प्राविधिक विनोदकुमार श्रीवास्तवको महत्वपूर्ण भूमिका रहेको थियो ।

कार्यक्रममा वाहिनीका चिकित्सक डा प्रतीक रञ्जन (जीडीएमओ), डेपुटी कमाण्डेन्ट श्री अगाले प्रियदर्शन अरुण, अधिकारीहरूका अलावा मातहतका अधिकृत इन्स्पेक्टर मनोज कुमार शर्मा तथा सैनिक तथा सञ्चारकर्मीको उपस्थितिले कार्यक्रमलाई सकारात्मक रुपमा सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close