नेपाल तामाङ घेदुङको मलेसिया र तामाङ कलाकार संघ मलेसिया को सयुक्त पाँच हजार मलेसिया रिन्गेट बिशेष कोष स्थापना।

नेपाल तामाङ घेदुङको मलेसिया र तामाङ कलाकार संघ मलेसिया को सयुक्त पाँच हजार मलेसिया रिन्गेट बिशेष कोष स्थापना

कृष्णा गुप्ता

बैशाख २९

क्वालालम्पुर ( मलेसिया ):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया कार्यरत रहेका तामाङ समुदायका युवा,युवतीहरु एकजुट भैई स्थापना गरेको नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले मलेसियामा खाद्यान्न अभाव झेलिरहेको नेपाली श्रमिकहरुलाई खाद्यान्न सामाग्री सहयोग गर्ने बताएका छ्न।

घेदुङ र कलाकारसंघले एक संयुक्त बिज्ञप्ति जारी गर्दै लेखेका छ्न “मलेसियामा रहेका तीन हजार भन्दा बढि नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको मलेसियाको करार अबधी समाप्त भै स्वदेश फर्कन तयार भए पनि नेपालको लागी उडान बन्द भएको कारण समय मै स्वदेश फर्कन असमर्थ हुनु भएको जानकारी आएकोछ । उहाँहरुको काम नभएकोले दैनिक खाद्यान्नको समस्या भएको छ साथै मानसिक तनाबको कारण अन्य समस्या उत्पन्न हुन सक्ने जोखिम देखिएको छ । त्येसैले उहाहरुलाई छिटो भन्दा छिटो स्वदेश फर्काउन नेपाली दुतावास मलेसिया र नेपाल सरकारलाई ध्यानाकर्षण गराउदछौं ।” विज्ञप्तिमा उल्लेख गरिएको छ।

मलेसियामा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले खेप्नु परेको खाद्यान्न अभाबमा सहायता गर्ने उद्देश्यले नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाले मलेसियन रिंगेट पाँच हजार (आरएम ५,०००/-) बाराबरको आपतकालीन कोष खडा गरेको र कोहि खाद्यान्न आभावमा हुनु हुन्छ भने नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया परिवार र नेपाल तामाङ कलाकार संघ मलेसिया परिवारको प्रतिनिधिहरुसँग सम्पर्क गर्न आग्रह गरेको छ ।

मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको कारणले भिसा सकिएर , स्वदेश फर्किन नपाएकाहरु , कामबाट निकालिएकाहरु , अबैधानिक हैसियतमा काम नपाएर बसेकाहरु यतिबेला खाद्यान्न अभावले भोकले छ्ट्पटाईरहेको छ् । कतिपय खाद्यान्न अभाव झेलिरहेको श्रमिकहरुलाई मलेसियामै रहेका समाजिक संघसंस्था , ब्यवसायी , मलायाखबर मिडिया लगायतकोले नि:शुल्क खाद्यान्न सामाग्री सहयोग गर्दैआइरहेको छ।

मलेसियामा रहेर मलेसियामा लागु गरिएकाे एमसिओकाे असरले खाद्यान्न अभाव भए संगठनले निम्न व्यक्तिहरु सम्पर्क गर्न अनुरोध गरेकाे छ :

प्रतिनिधिहरु
संरक्षक : पासाङ तामाङ
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. : 016-2356666

प्र.सल्लाहकार : फुर्बा दोर्जे मोक्तान
क्षेत्र : निलै/सेरेम्बान
सम्पर्क नं. : 01127014290

का.वा अध्यक्ष : जगत सिं दोङ तामाङ
क्षेत्र : साहलाम, सेलाङ्गोर
सम्पर्क नं. : 0172872144

उपाध्यक्ष : मिलन थिङ तामाङ
क्षेत्र : बातुकेभ/क्वालालम्पुर
सम्पर्क नं. : 0176202195

उपाध्यक्ष : लनाम तामाङ
क्षेत्र : पेराक/पेनाङ
सम्पर्क नं. : 0184017807

महासचिव : सबिन कुमार लोप्चन तामाङ
क्षेत्र : सुङ्गाई बुलो /दमन्सरा
सम्पर्क नं. : 0183646706

सचीव : छेवाङ लामा
क्षेत्र : केपोङ क्वालालम्पुर
सम्पर्क नं. : 0188713201

सचिव : अमिर लोप्चन (सोम लाल)
क्षेत्र : सन्वय
सम्पर्क नं. : 01111055669

कोष अध्यक्ष : बिक्रम वाईबा तामाङ
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. : 0182958755

सह-कोष अध्यक्ष : प्रकाश लामा
क्षेत्र : क्वालालम्पुर
सम्पर्क नं. 0146192820

सुचना तथा सञ्चार बिभाग प्र. : मिलन दोङ तामाङ
क्षेत्र : सुबाङ
सम्पर्क नं. : 0182805958

मलका प्रतिनिधि : दावा लोप्चन तामाङ
क्षेत्र : मलका
सम्पर्क नं. : 0172565068

क्षेत्रीय अध्यक्ष : राम काजी ग्लान तामाङ
क्षेत्र : पेनाङ
सम्पर्क नम्बर : 0102952421

क्षेत्रीय उपाध्यक्ष : बुद्ध लामा
क्षेत्र : पेनाङ
सम्पर्क नं. : 01133279094

क्षेत्र अध्यक्ष : दावा तितुङ तामाङ
क्षेत्र : बातु पहात/जोहोर
सम्पर्क नम्बर : 0108238030

जोहोर क्षेत्र प्रतिनिधि : प्रकाश वाईबा तामाङ
क्षेत्र : जोहोर
सम्पर्क नं. : 0187672941

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close