
भारतको बिहारमा सम्पन्न ताजा विधानसभा निर्वाचनमा कानु समाजका नेताहरूले ऐतिहासिक सफलता हासिल गरेका छन्। विभिन्न क्षेत्रबाट आएको विजयले केवल राजनीति मात्र होइन, समुदायभित्र पनि उत्साह र गर्वको वातावरण सिर्जना गरेको छ।
कुढ़नीका मतदाताहरूले आफ्ना विधायक तथा मन्त्रीप्रतिको विश्वास दृढ गर्दै पुनः जित दिलाएका छन्। समुदायले देखाएको आस्था र समर्थन निकै प्रशंसनीय मानिएको छ। यस उपलब्धिका लागि सबै मतदाताहरूप्रति तथा माननीय केदार बाबू प्रति हार्दिक आभार र बधाई व्यक्त गरिएको छ।
छपरा क्षेत्रमा कानु समाजकी छोरी छोटी कुमारीले चर्चित कलाकार तथा उम्मेदवार खेसारी लाल यादवलाई पराजित गर्दै इतिहास रचेकी छन्। उनको विजयले केवल राजनीतिक उपलब्धि होइन, महिला नेतृत्व र कानु समाजको क्षमता दुवैलाई उजागर गरेको छ।
बिहारका “शेर” भनेर चिनिने श्री राधाचरण साह सेठले पनि विजयी हुँदै कानु समाजको सम्मानलाई अझ उचाइमा पु¥याएका छन्। समुदायले उहाँलाई हृदयदेखि बधाई ज्ञापन गरेको छ।
मोतिहारी विधानसभा क्षेत्रबाट प्रमोद गुप्ता विजयी भएका छन्। उनको जीतले स्थानीय स्तरमा कानु समाजको राजनीतिक उपस्थिति अझ मजबुत भएको स्पष्ट देखिन्छ।
बख्तियारपुर क्षेत्रबाट अरुण शाह विजयी भएपछि त्यहाँको कानु समुदायमा पनि उल्लास छाएको छ। समर्थन गर्ने सबैलाई उहाँले धन्यवाद दिनुका साथै समुदायले समेत बधाईका संदेश वर्षाइरहेका छन्।
नेपालको बिरगंजस्थित कानु समुदायका युवा राहुल गुप्ताले पनि “जय कानु समाज” भन्दै सम्पूर्ण विजेताहरूलाई शुभकामना व्यक्त गरेका छन्। यसले नेपाल–भारतका कानु समुदायबीचको आत्मीयता र एकता झनै बलियो भएको अनुभूति गराएको छ।




