
बिरगंज , साउन १९ गते मंगलवार ।
ग्रिनसिटि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आदर्शनगर-१० पर्साको आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ ।
आज ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरले खेलाडीको हौसला बढाउनको लागि भन्दै एक कार्यक्रमको आयोजना गरि समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आदर्शनगर -१० मा नेपालका राष्ट्रिय क्रिक्रेट खेलाडी सोमपाल कामीको विशेष उपस्थितिमा अन्य खेलाडी समेतको सहभागीतामा वृक्षारोपन कार्यक्रम गरिएको ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले बताउनु भयो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्रलाद कार्कीको प्रमुख आतिथ्यमा र ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय क्रिक्रेट खेलाडी सोमपाल कामी , ग्रिनसिटि सामुदायिक सेवा केन्द्रका कोषाध्यक्ष सुरेश रुङ्ग्टा , राकेश अग्रवाल , त्रिलोक चन्द्र दारुका , नेपाल पत्रकार महासघ पर्साका उपाध्यक्ष युवराज खड्का , व्यवस्थीत बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , बिरगंज सामुदायिक आखा अस्पतालका डा. महेश सिंह धामी , सन्चारकर्मी संतोषमान रन्जितकार , त्यसैगरि अन्य क्रिक्रेट खेलाडीहरु अजय साह , रमन जैसी , गौरब अग्रवाल , बिबेक सरार्फ , सद्दाम हुसेन ,सुमित कादमिया, अतुल राउत , आशिष रन्जन , निरज कुमार गुप्ता लगायतको सहभागीता रहेको थियो ।



