
वीरगञ्जमा आजदेखि पाँचौं सुपर सिक्स क्रिकेट प्रतियोगिता शुरु भएको छ । लायन्स क्लब अफ वीरगन्ज परिवार र वीरगन्ज स्पोर्टस एकेडेमीको आयोजनामा वीरगन्जका आदर्शनगरमा शुरु भएको क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि मधेस प्रदेशका सांसद श्याम पटेलले उदघाटन गरेका थिए ।
लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक एक्ज्युकेटिभ चिफ बासु तिमिल्सिना, एरिया चिफ श्याम गुप्ता, नेपाल पत्रकार महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा, सामुदायिक रेडियो प्रसारक संघ अकोराबका बरिष्ठ उपाध्यक्ष तथा नारायणी एफ.एमका अध्यक्ष गोविन्द देवकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
औपचारिक कार्यक्रमको सञ्चालन वीरगन्ज स्पोर्टस एकेडेमीका संयाेजक बैकुण्ठ श्रीवास्तव र सचिव नरेश रौनियारले गरेका थिए । प्रतियोगिताको प्रमुख अतिथि श्याम पटेलले ब्याटिङ र भानुभक्त अधिकारीले बलिङ गरेर खेलको उदघाटन गरेका थिए ।
यसैबीच आजको पहिलो खेलमा कुमारी बैंक विजयी भएको छ । कुमारी बैंक र नेपाल राष्ट्र बैंकबीच आर्दशनगर रंगशालामा बिहान भएको पहिलो खेलमा कुमारी बैंक ८ रनले विजयी भएको छ । पहिले व्याटिङ गरेर कुमारी बैंकले ७० बनाएको थियो । ७१ रनको लक्ष्य सहित जवाफी व्याटिङ गरेको नेपाल राष्ट्र बैंकले ६२ रन मात्रै बनाउन सक्यो ।
त्यस्तै इन्भेष्टमेण्ट मेगा बैंक र हिमालयन बैंकबीच भएको दोश्रो खेलमा हिमालयन बैंक २४ रनले विजयी भएको हो । तेश्रो खेल सिद्धार्थ बैंकले जितेको छ । लक्ष्मी सनराईज बैंकले दिएको ४९ रनको लक्ष्य सिद्धार्थ बैंकले ३.२ ओभर मै पूरा गरेर पूरा ग¥यो । त्यसैगरी चौथो खेलमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) विजयी भएको छ । नेको इन्स्योरेन्स र सलिकोबीच भएको खेलमा सलिकोले दिएको ५७ रनको लक्ष्य सलिकोले ३.५ ओभरमै पूरा ग-यो ।
अहिले नेपाल राष्ट्र बैंक र सिद्धार्थ बैंकबीच पाँचौ खेल भईरहेको छ । नेपाल राष्ट्र बैंकले टस जितेर ब्याटिङ गरिरहेको छ । प्रतियोगितामा वीरगन्जमा सञ्चालित बैंक, वित्तीय संस्था, वीमा कम्पनी, फर्मास्युटिकल्स र औद्योगिक समूह गरी १६ वटा टिमको सहभागिता रहने वीरगन्ज लायन्स क्लब अफ परिवारका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए। #racekhabar




