बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी

बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी

बिरगंज स्थित आदर्शनगर रंगशालामा जारी कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा ओम्नी ग्रुप विजयी भएको छ ।

चार समूह मध्य समूह डी बाट ओम्नी र सुप्रिमबीच आज आदर्शनगर रंगशालामा भएको खेलमा ओम्नी ग्रुप २ रनले विजयी भएको हो ।

सुप्रिमले दिएको ५७ रनको लक्ष्य ओम्नीले चार बल बाँकी रहदै जित्यो। लायन्स क्लब अफ बिरगंज परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा शनिबार उदघाटन भएको प्रतियोगितामा समूह ए बाट सिद्धार्थ बैंक र बि बाट हिमालयन बैंक लिमिटेड सेमिफाईनलमा पुगेको थियो भने
भोलीको खेल समूह डी को अग्नी ग्रुप र ओम्नी ग्रुप बीच हुने लायन्स क्लब अफ बिरगंज परिवारका नरोतम पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा बिरगंजको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको वीरगंज स्पोर्ट क्लबका सचिव नरेश रौनियारले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close