
राहुल गुप्ता
वीरगञ्ज स्थित आदर्शनगर रंगशालामा सम्पन्न फाइनल कार्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको को फाइनल खेलमा अग्नि ग्रुप विजयी भएको छ । आज आदर्शनगर रंगशालामा भएको अंतिम तथा फाइन खेलमा अग्नि ग्रुप ले सिदार्थ बैक लाई हराउन सफल भएको थियो।
अग्नि ग्रुपले टस जितेर पहिलो ब्याटिङ गर्दै ६ ओभरको समाप्ति ७१ रन बनाउन सफल भएको थियो । अग्नि का लागि बिक्रमले ३३ रन बि. मुकुन्द ले ३१ रन बनाउन सफल भएका थिए । जवाफी ब्याटिङमा उत्रेको सिदार्थ बैकले ६ ओभरको समाप्तिमा जम्मा ५३ रन बनाएको थियो । सिदार्थ बैंक बाट सबभन्दा बढी रन सवेब ले ३१ रन बनाएका थिए । खेलको म्यान अफ दी म्याच अग्नि ग्रुपका बिक्रम घोषित भएका छन।
आज भएको समापन खेलका प्रमुख अतिथी मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवालले विजेता टिम र उप बिजेता टिमलाइ ट्राफि सहित मेडल प्रदान गरेका थिए । त्यस्तै उनले मधेस सरकारले खेलकुद एन पारित गरे संगै अब प्रदेशमा खेलकुद प्रती सरकार ले काम गर्न पाउने भएको बताए । मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावना लाई मध्य नजर गर्दै विभिन्न योजनाहरु ल्याउ खेलकुद मन्त्रालयले काम गरिरहेको बताए । नेपालमा जारी हुने क्रीकेट खेल नेपाल प्रेमियर लिग जस्तै मधेसमा पनि मधेस प्रेमियर लिग क्रीकेट टुर्नामेट गराउन आफ्नो योजना रहेको उनले बताए । त्यस्तै भक्कर सम्पन्न भएको महिला विश्वकप छनोट प्रतियोगितामा नेपाल लाई विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका मधेसका तीन खेलाडीहरु लाई मधेस सरकारले खेलकुद बाट १ लाख ५१ हजार नगद सहित सम्मान गरेकोले आउने दिनमा पनि प्रतिफा खेलाडीहरुको मनोबल बढाउन सम्मान तथा पुरस्कारहरु प्रदान गरि रहने बताए ।
वीरगन्ज लायन्स क्लबका जोन ३३ का तथा यस प्रतियोगिताका प्रमुख सन्दिप साहले आफू तथा आफ्नो सहयोगीहरुको मेहनतले यो प्रतियोगिता सम्पन्न गराउन सफल भएकोमा खुशी व्यक्त गरेका थिए । त्यस्तै उनले हामीले आयोजना गरेको टुर्नामेन्टको उदेश्य हार जित मात्र नभएर सम्बन्ध कायम गराउन , सद्भाव कायम गराउन , खेलकुद प्रती रुचि जगाउन, खेलकुद मार्फत एक अर्काको सम्मान जित्नका लागि आयोजना गरेको बताए ।
प्रतियोगितामा प्लेयर अफ दि सिरिज सिदार्थ बैंकका प्रफुल सिंह घोषित भएका थिए । त्यस्तै बेस्ट बोलर अग्नि ग्रुपका मुकुन्द भएका थिए । बेस्ट ब्याट म्यान बिक्रम बस्नेट भएका थिए ।
आज भएको समापन कार्यक्रम खेलमा बिशिस्ट अतिथी नेकपा एमालेका डा. बिस्वनाथ शर्मा , विजैया ओझैया , लायन्स क्लबका एरिया चिफ श्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिता लायन्स क्लब अफ वीरगञ्ज परिवार एवम् स्पोटर्स एकेडेको संयुक्त आयोजनामा सप्पन्न भएको वीरगन्ज स्पोर्ट्स एकडेमीका सचिव नरेस रौनियारले जानकारी गराएका थिए ।
प्रतियोगितामा वीरगञ्जको वाणिज्य बैंक, वीमा कम्पनी, विकास बैंक तथा औद्योगिक प्रतिष्ठान गरी १६ वटा टिम सहभागी रहको रहेका थिए । यस टुनामेन्टमा सलिको इन्स्योरेन्सले खेलाडीहरुलाई चोटपटक लागेमा १ लाख सम्मको उपचार बिमा गरेको थियो भने हेल्थ उपचारको लागि प्रमु हस्पिटलले सहयोग गरेको थियो ।




