एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबको हातमा ।

अजित भुजेल

बिरगंज , फागुन २२ गते शनिबार ।

नारायणी रंगशालामा जारी एक दिवसिय वीरगन्ज सुपरलिग क्रिकेट प्रतियोगिता २०७७ को उपाधि वीरगन्ज स्पोर्ट्स क्लबले जितेको छ।

पहिलो टस जिती ब्याटिङ रोजेका वीरगन्ज स्पोर्ट्स क्लबले ३५ ओभरको खेलमा ५ विकेट गुमाई २४० रन जोडेका थिए। जसमा सर्वाधिक १२० रन ९८ बलमा हासिम अंसारीले हानेका थिए। जवाफदेहीमा यूनाईटेड क्रिकेट क्लबले ३३ ओभरमा अलआउट हुँदै २०० रन बनाएका थिए।आजको फाईनल खेलमा वीरगन्ज स्पोर्ट्स क्लबले ४० रनले जित हासिल गरेका थिए।
खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज र उत्कृष्ट ब्याट्सम्यानको उपाधि हासिम अंसारीले आफ्नो नाम गरेका थिए।

आजको फाईनल खेलमा अम्पाएरिङ कृष्ण झा र मैनुद्दिन अंसारीले गरेका थिए। प्रतियोगिता शायद अलिको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संचालन र कमेन्ट्री हासिम हवारीले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close