
बिरगंज , साउन २३ गते शनिबार ।
प्रदेश न.२ पर्सा जिल्लाको एकमात्र महानगर पालिका बिरगंजबाट प्रकाशित एक मात्र भोजपुरी भाषाको पत्रीका भोजपुरी टाईम्स दैनिक पत्रिका आज सातौं बर्ष पुरा गरि आठौ बर्षमा प्रवेश गरेको छ ।

सातौं बर्ष पूरा गरेको अवसरमा आज शनिवार आदर्शनगर स्थित आमाको मायाँ छात्राबासमा रहेका बालकहरुलाइ ब्याग र स्टेशनरी सामान सहयोेग गरि बार्षिक उत्सव मनाएको छ ।
छात्राबासममा रहेका २० जना बालकहरुको लागि भोजपुरी टाइम्स पत्रिकाले एक- एक थान ब्यागका साथै कपि, कलम र क्यालकुलेटर प्रदान गरेको थियो ।
पत्रिकाका प्रकाशक अजय चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा छात्राबासका प्रमुख रुपेश हास्दा, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, प्रेस चौतारीका केन्द्रिय सदस्य बृजलाल पासवान र राघव साह, बिश्व हिन्दु परिषद नेपालका संगठन सचिव प्रहलाद रेग्मी, पत्रिकाका सम्पादक संतोष चौरसिया, हिन्दु स्वम् सेवक संघका जनकपुर संवाहक रन्जित साह लगायतकाले सुभकामना मन्तव्य गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य पत्रिकाका कार्यकारी सम्पादक श्रवण साहले र कार्यक्रमको संचालन पत्रकार शम्भु कुमार सुमनले गर्नु भएको थियो ।




