
वीरगंज/पर्सा
नेपाल फोटो पत्रकार महासंघ पर्सा शाखाको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले सफल खतिवडाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा भएको बन्दसत्रबाट अध्यक्षमा खतिवडा, उपाध्यक्षमा माधुरी महतो, सचिवममा श्रवण प्रसाद साह र कोषाध्यक्षमा शम्भू कुमार सुमन सदस्यहरु राहुल कुमार गुप्ता,बिनोद पटेल,कबिता खड्का,चिरञ्जीवी यादव, प्रणय साह ,प्रमोद यादव,आरोहण साह,राजन रौनियार नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
अधिवेशनको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह रहेका थिए।उनले क्यामेराबाट फोटो खिचेर अधिवेशनको औपचारिक उदघाटन गरेका थिए । उदघाटन सत्रमा शुभकामना मन्तव्य राख्दै उनले समाजलाई नकारात्मक भन्दा सकारात्मक सन्देश दिने तस्वीरहरु खिच्न फोटो पत्रकारहरुलाई आग्रह गरे ।

वीरगंजमा धेरैजसो सीमाक्षेत्रमा हुने तस्करीका फोटोहरुमा मात्रै पत्रकारहरुको ध्यान जाने गरेको टिप्पणी गर्दै उनले समाजलाई सन्देश दिने खालको ‘तस्वीर बोल्छ’ भन्ने फोटो पत्रकारिताको माध्यमबाट वर्णन गर्ने फोटोहरु खिच्न आग्रह गरे ।
फोटो पत्रकार महासंघ पर्साका निवर्तमानअध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यलाई सम्मान समेत गरिएको थियो ।
त्यसैगरि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण तिवारी यादवले गरेका थिए ।





