
बिरगंज , भदौ १६ गते बुधबार ।
महिलाहरुको महान तिज पर्व नजिकै संगै तिजको अवसर पारेर आज बिरगंजको होटेल पुजनमा तिज दर खाने कार्यक्रम मनाएका थिए ।
अरुबेला कामकाजले गर्दा महिलाहरु एकआपसमा भेटघाट नहुने र बिवाहित महिलाहरु माईत जान नपाएको धेरै भएको हुदा चेलिबेटिहरुलाई यस दिन बोलाई मिठा- मिठा खानेकुराका परिकार बनाई खाने उत्सवको रुपमा यसलाई लिने गर्दछन ।यसदिन बेलिबेटिहरु एक ठाउमा भेलाभैइ दु:ख सुख्खका गित मार्फत आफ्नो वेदना माईती तिर पोख्ने र साथी भाईहरुसङ्ग साटासाट पनि गर्ने गर्दर्छ्।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल बिरगंजका अध्यक्ष ओम कुमारी शर्माको अध्यक्षता र बिरगंज महानगर पालिकाकि उपमेयर सुश्री शान्ति कार्कीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल प्रदेश न.२ को अध्यक्ष सुमित्रा सापकोटा , फेमिन ब्युटी होम एन्ड ट्रेनिङ्ग सेन्टरबिरगंजको सन्चालिका एवं लायन्स क्लबका डिस्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लयन गुड्डि जोशी , नेपाल व्युटिसियन संघ पर्साका अध्यक्ष उर्मिला थापा , कार्य समितिका पदाधिकारी पिन्की गुप्ता ,सुनिता मानन्धर , प्रिति सिंह , शाहजाद आलम, पत्रकार सन्तोषमान श्रेष्ठ , जगत राई , मन्सुर खान , बिजय पौडेल लगायत्काको सहभागिता रहेको थियो ।
तिजको दर खाने कार्यक्रममा प्रमुख अतिथि शान्ति कार्कीको ९१ बर्षको उमेरमा पनि नाचेर सबैलाई हौसला बढाएका थिए ।
न्यु आजाद ईन्टरप्राईजेजको प्रायोजनमा तिज दर खाने कार्यक्रम भएको हो।




