गायक बादलको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’मा प्रेमको मार्मिक कथा(official video) सार्बजनिक।

कृष्ण गुप्ता

काठमाडौं =गायक बादल थापाको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

भिडियो निर्माणअघि नै चर्चा कमाएको थापाको आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन।

सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ।

गीतको अफिसियल भिडियो आइतबार मात्र सार्वजनिक भएको हो । गीतको निर्देशन सृजन बरालले गरेका हुन्।

सुदूरपश्चिमको महेन्द्रनगर दोधारा चादनिमा जन्मिनो भयका थापाले दर्जनौं एल्बम बजारमा ल्याइसकेका छन सरल अनि मिजासिलो स्वभाबका थापाले नेपाली गितहरु (चन्द्र जस्तै मुहार, आइजा चरी, ओइ तिम्रो छकि छैन कोहि , एकबिसे, )नामक दर्जनौं हिट गित बजारमा ल्याइसकेका छन भने भर्खरै मात्रै “तेरे बिना ” नामक हिन्दी गित पनि सर्बजनिक गर्नो भयको छ

 

 

 

 

दर्शकहरुले अत्तिनै मन परायको गित गायक थापाकै शब्द तथा संगीतमा तयार भएको गीत निक्कै मार्मिक छ । आहा टिभी युट्युब च्यानलबाट आइतबार दिउँसो सार्वजनिक भएको गीतले केही समयभित्रै राम्रो प्रतिक्रिया प्राप्त गर्न सफल भएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close