
पोखरा । नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न हुँदै गर्दा नेपाली काँग्रेसको वडा तहमा र क्षेत्रिय प्रतिनिधीमा धेरै युवाहरु निर्वाचित बनेका छन् । १९ बर्षिय युवती वडा सभापति बनेसँगै काँग्रेसमा युवाहरुको सहभागितालाइ लिएर राजनीतिक बृतमा राम्रै चर्चा चलेको थियो ।
केहिदिन अघि सम्पन्न नेपाली काँग्रेस वडा नं ६ को वडा अधिवेशनबाट १८ बर्षिय बिपिन पौडेल क्षेत्रीय प्रतिनिधीमा चयन भएको वडा सभापति सन्तोष पौडेलले गन्थनलाई बताए । सभापति पौडेलका अनुसार १८ बिपिन नेपालमा नै कान्छो उमेरको क्षेत्रिय प्रतिनिधी हुन् ।
वडा अधिवेशनहरुबाट ६० बढि युवाहरु क्षेत्रीय प्रतिनिधी बनेर आएको कास्की काँग्रेसका प्रवक्ता नबिन सिग्देलले बताए ।
काँग्रेसको राजनीतिमा युवा पुस्ताको हस्तक्षेपकारी भुमिकाको चौतर्फी प्रशंसा गरिएको छ । Ganthan news
आफ्नो प्रतिक्रिया दिनुहोस