
पकहामैनपुर,०३ असोज ः लोकतान्त्रिक सामाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताले न्याय नपाएसम्म आफुहरुको आन्दोलन जारी रहने बताउनु भएको छ ।
मधेश आन्दोलनका शहिद सत्रुधन पटेलको छैठो स्मृती सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सो कुरा बताउनुभयो । लो.स.पा.अध्यक्ष ठाकुरले संविधान संसोधन मार्फत मधेशी जनताको समनताको अधिकारको लागि राज्यसंग आफुहरुको लगाई रहेको बताउदै उक्त मा“ग सम्बोधन नभए जुनसुकै बेला आन्दोलन हुन सक्ने चेतावनी दिनुभयो ।
लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा बोल्दै अध्यक्ष ठाकुरले आफुहरु मुदासंग सम्झौता गरि नेकपा एमालको सरकारलाई मत दिएको समेत प्रष्ट पार्नुभयो । अध्यक्ष ठाकुरले आफुहरुको मा“ग पुरा गर्ने जुनसुकै पार्टीको सरकारसंग सहकार्य हुन सक्ने बताउनुभयो ।
नेपाल बहुल राष्ट्रिय राज्य हो ः लोसपा बरिष्ठ नेता महतो
सोही कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएको बताउदै देशको शासन प्रणालीमा मधेशी जनताको समानताको अधिकार नभएसम्म आफुहरुको लडाई जारी रहने बताउनुभयो ।
ब्रिष्ठ नेता महतोले मधेशी जनताको छातीमा गोली हानेर बनाईएको संविधान कुनै कामको समेत नभएको टिप्पणी गर्दै देशमा अहिले पनि पुर्ण लोकतन्त्र नआएको दाबी गर्नुभयो । नेता महतोले एकल जातिय सोचले बर्तमान स.बिधान बनेकोले समाबेशी संविधान नबनेसम्म आफुहरु संबिधान दिवस मनाउन नसक्ने जिकिर गर्नुभयो ।
नेता महतोले अधिकार सम्पन संघियता आफुहरुको मुख्य मा“ग रहेको भएपनि केन्द्र सरकारले संघियतालाई पंगु बनाएको समेत टिप्पणी गर्नुभयो ।
माओवादी सशस्त्र युद्धका घाइतेलाइ राज्यले भरपोषण गरिरहेको तर मधेस आन्दोलनका घाइतेहरुलाइ भने वास्ता नै नगरेको गुनासो उनले गरे ।
लोसपाका नेता राजेन्द्र महत्तोले असोज ३ गते मधेसी र मधेसीका अधिकारको हत्या भएको दिन भएको टिप्पणी गरे ।
मधेसी पनि नेपाली हुन् , त्यसैले मधेसीको अधिकार पनि समेटेर संविधान जारी गर भनेर शान्तिपूर्ण आन्दोलनमा उत्रिदा सरकारले गोली चलाएर मधेसीको हत्या गरेको महत्तोले बताए ।
त्यसैले यो विभेदकारी संविधान नसच्चिएसम्म मधेसीको संविधान नहुने उनले बताए ।
जसपाका कार्यकारीणी सदस्य एंव पुर्वमन्त्री जितेन्द्र सोनलले अहिलेको संविधान लोकतान्त्रिक संविधान नभइ खुनी (हत्यरा) संविधान रहेको बताए ।
त्यसैगरी,कायक्रममा सहभागी भएका नेताहरु राजेशमान सिंह,प्रेम बाबू पटेल,मुकेश दिवेदी, सुजित गिरि र मिनु ठाकुर रहेका थिए।
लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा लोसपाका कार्यकारीणी समिती सदस्य तथा पुर्व मन्त्री लक्षुमनलाल कर्ण , कार्यकारीणी समिती सदस्य तथा प्रदेश नं.२ का पुर्व मन्त्री जितेन्द्र सोनल , प्रदेशसभा सदस्य प्रहलाद गिरी , रमेश पटेल ,नेताहरु श्शिकपुर मिया , निजामुदिन समानी ,युवा नेता ओमप्रकाश सरार्फ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।




