
बिहीबारदेखि नेपाली कांग्रेसको पालिका स्तरको अधिवेशन सुरु भएको छ।
कलैया उपमहानगरपालिकामा नगर सभापति, उपसभापति, सचिवलगायत पदका लागि मतदान भइरहेको हो। अपराह्न साढे २ बजेदेखि कलैयाको पन्नादेवी माविको प्रांगणमा मतदान भइरहेको छ।
कांग्रेस कलैया उपमहानगर सभापतिका लागि देउवा समूहबाट पुरुषोेत्तम सिंह पाण्डे र पौडेल समूहका सञ्जय गुप्ताबीच प्रतिस्पर्धा भइरहेको छ।
पाण्डे यसअघि कांग्रेस कलैया नगर सभापति हुन्।
उनी आफ्नो पद जोगाउन लागिपरेका छन्। उपसभापतिमा देउवा समूहबाट अम्बिकाप्रसाद यादव र पौडेल समूहबाट मोतीलाल साहबीच प्रतिस्पर्धा भइरहेको छ।
कुल २७ वटा वडा रहेको कलैया उपमहानगरपालिकामा ४ सय ४२ जना क्षेत्रीय प्रतिनिधिले मतदान गरिरहेका छन्। मतदानमा कलैया उपमहानगर प्रमुख राजेश राय यादव, पूर्व राज्यमन्त्री कलावती पासवानलगायतले क्षेत्रीय प्रतिनिधि हुँदै मतदान गरेका छन्। बारामा १६ वटा स्थानीय तह छन्। deshsanchar




