
एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रचण्डको राजनीतिक दस्तावेजले समाजवादलाई लक्ष्य तोकेपनि त्यहाँसम्म पुग्ने बाटो र अवधिबारे भने केही खुलाएको छैन । साथै दक्षिणी छिमेकी भारतलाई हेर्ने दृष्टिकोणमा पार्टी अध्यक्षले नियोजित ढंगले मौनता देखाउनु शंकास्पद भएको प्रतिनिधिहरुको राय छ ।
यसैबिच, माओवादी केन्द्रको जारी आठाैँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमाथि नेता राम कार्कीले पूरक प्रस्ताव पेश गर्नुभएको छ । ‘केही पूरक, केही नवीन धारणा’ नाम दिइएको प्रस्तावमा कार्कीले संघीयता र समावेशिताको नाममा भइरहेको अभ्यासमाथि प्रश्न उठाउँदै अवस्था आफूहरुले सोचेअनुरुप अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




