अरु कतै भविष्य नदेखिए पछी एमालेमै फर्केको -नेता रायमाझी

नेकपा एमालेका केन्द्रिय सदस्य तथा केन्द्रीय सचिव टोप बहादुर रायमाझीले मोहन बैद्व संग सहकार्य गरेर स्थापित भएपनि त्यता भबिष्य नदेखे पछि पाटी छोडेर अर्को पार्टिमा गएको र त्यहाँ पनि भबिष्य नदेखे पछि त्यसलाई पनि छाडेर एमाले मै बसेको बताएका छन ।

नेकपा एमाले अर्घाखाँचीको आठौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै सचिव रायमाझीले यस्तो बताएका हुन ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता रायमाझीले सुर्य चिह्नबाट चुनाव लडेर अरु पाटिको पछि लाग्नु अपराधिक गतिबिधी भएको समेत बताएका छन ।

उनले भने “सुर्य चिह्नबाट चुनाव लड्ने कम्युनिष्ट सिद्धान्त र घोषाणपत्रबाट जितेर बुढो रुखको पछि लाग्नु राजनैतिक होइन, अराजनैतिक र अपराधिक गतिबिधि हो ।”

यस्तै रायमाझिले राष्ट्रिय सभाको उपचुनावको सन्दर्भमा बोल्दै गठबन्धन मिलेर एमाले संग भिडुदै गरेको स्मरण गराउदै एमाले संग एक्लै भिड्न नसक्नु एमालेको जित भएको बताएका छन ।

हामिले यो चुनाव हार्दैछौ तर अब जनता एमाले नेतृत्व सरकारको प्रतीक्षा गरिरहेको बताएका छन् उनले भने ।

उनले पार्टी एकताको सन्देश दिदै नेकपाको निरन्तरताको रुपमा एमाले रहेको बताउदै बिचार बिहिन यात्रामा निस्किएका प्रचण्ड र माधव जि जनताको नजरमा कम्न्युष्ट हुनै नसक्ने समेत बताएका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close