
बिरगंज , फागुन ०८ गते आइतबार ।
नेपाली कांग्रेस बिरगंज महानगरपालिका कार्यसमिती द्वारा आज १४ औ महाधिवेशनमा निर्वाचित भएका ३२ वटै बूथ सभापतिको सम्मान कार्यक्रम सम्पन्न भएको छ।
महानगर समितीका सभापति भोला कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, प्रदेश कार्यसमिति सदस्य प्रेम शंकर सिंह, महाधिवेशन प्रतिनिधि मनोजा चौधरी,अनामिका यादव,युवा नेता बिजय सरर्फ,नेविसंघ पर्साका निवर्तमान अध्यक्ष दिलिप राज कार्की,प्रदेश क्षेत्रीय अध्यक्ष अनिल श्रीवास्तव,अनिल सिंह,सैलेन्द्र उपाध्याय लगायतकाको उपस्थितमा निर्वाचित बुथ सभापति हरुलाइ टीका एवं गम्छा ओढाइ सम्मान गरिएको थियो ।
सो कार्यक्रममा नेता एवं बूथ सभापति हरुले पार्टीलाई एक ढिका बनाउने र आसन्न तिनै तहका निर्वाचनमा विजय हासिल गर्ने धारणा राखेका थिए।हामी टोलका कार्यकर्ताले पार्टीलाइ मजबूत बनाउन लागेका छ्न भने अब जिल्ला वरिष्ठ नेताहरुले पनि एक ढिक्का भइ संगठन बलियो बनाउन आग्रह गरेका नगर एवं बूथ सभापतिहरुले धारणा राखेका थिए।




