उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेका छन् ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवदेखि मधेश प्रदेशका मुख्यमन्त्री समेत सामेल भएको सो कार्यक्रममा मान्छे जम्मा पार्नको लागि ओरकेष्ट्रा नचाएको हो ।

यसअघि रौतहट जिल्लामा विभिन्न ठाउँमा पूर्व मन्त्री समेत रहेका पूर्व माओवादीका नेता (हाल एमाले) प्रभु साहले केटी नचाएर विभिन्न कार्यक्रमहरु गरेपछि चौतर्फी आलोचना भएको थियो ।

केही महिनाअघि मात्र सिरहा जिल्लास्थित पूर्व मन्त्री एवम् जसपाका नेता राजकिशोर यादवले समेत ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गरेपछि आलोचना भएको थियो ।

प्रदेशका मुख्यमन्त्री जस्तो गरिमामय पदमा रहेका व्यक्तिहरु आसिन मँचमा ओरकेष्ट्रा नचाएर पार्टी प्रवेश कार्यक्रम गर्दा समाजिक सँजालमा आलोचना भएको छ ।

केटी नचाएर पार्टी प्रवेश कार्यक्रम गराएको भन्दै आलोचना भएको हो । समाजिक सँजाल प्रयोगकर्ताहरुले मान्छे जम्मा पार्नको लागि मात्र केटी नचाएको पनि टिप्पणी गरिएको छ ।

जसपाले पार्टी प्रवेश कार्यक्रममा ओरकेष्ट्रा नचाएपछि मधेश प्रदेश नाम हटाएर मिनी बिहार नाम राख्नुपर्ने जस्ता टिप्प्णी गरिएको छ । newsbureau

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close