
अजित भुजेल
बिरगंज , चैत्र ०७ गते सोमबार ।
युवा नेता राजेशमान सिंह सहितको टोलि जसपा पार्टी प्रबेश गरेको छ ।
बिरगंजमा आयोजित पार्टि प्रबेश कार्यक्रममा बिरगंजका चर्चित मधेसको मुद्दा उठाउदै मधेसीको हक हितमा आवाज उठाउदै हरेक आन्दोलनमा अघि रहि मधेस र बिरगंजको लागि सधै आवज उठाउने भन्दै आज बिधिवत रुपमा जसपा पार्टि प्रबेश गरेको सिंहले बताए ।
आज बिरगंजको टाउनहलमा जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव , डा. बाबाराम भट्टराई , मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , पर्सा क्षेत्र न. १ का सान्सद प्रदिप यादव , जिल्ला अध्यक्ष रामनरेश यादव , सचिब तबरेज आलम , नगर अध्यक्ष ईश्वर यादव लगायतको उपस्थिति रहेको थियो ।
राजेशमान सिंह यस अघि लोसपा छाडेर एमालेमा प्रबेश गर्ने चर्चा चलिरहेकोमा बिरगंजका मेयर बिजय सरावगि एमाले प्रवेश गरेपछि राजेशमान सिंह जसपामा प्रबेश गरेका हुन । उनलाई प्रतिनिधि सभा सदस्य प्रदिप यादवले सहयोग गरेका थिए । आउने स्थानीय निर्वाचनमा बिरगंजको मेयर पदकोलाई जसपाबाट राजेशमान सिंहलाई उठाउने सहमति समेत भएको छ ।




