वीरगञ्जको महानगर मेयरका लागि कांग्रेसबाट सबै भन्दा लोकप्रिय नेता सहाबुद्दीन

वीरगंज , पर्सा

आउदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगंज महानगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । एमाले र जसपाबाट क–कसले टिकट पाउने भन्ने पक्का पक्की नै छ । तर वीरगंज महानगरपालिका को मेयरको प्रबल दावेदार मानिएको नेपाली कांग्रेस मा भने अहिलेसम्म कसले टिकट पाउने हो भन्ने टुंगो लागेको छैन् ।

नेपाली कांग्रेसबाटै झन्डै आधा दर्जन नेताहरुले मेयरका लागि पार्टीमा दाबी गरिसकेका छन् । नेताहरुको दाबी चलिरहेकै बेला पछिल्लो केही दिनयता महानगरवासीका बीच नेपाली कांग्रेसमा नयाँ उम्मेदवारको चर्चा परिचर्चा चलिरहेको छ ।‌२०४८ साल मा ने.बि.संघ को सदस्यता लिइ २०५१ सालमा ठाकुरराम बुहुमखी क्याम्पसको ईकाई उप सभापति मा निर्वाचित भइ बिजयी भएका युवा नेता मोहम्मद सहाबुदिन ले यसपालीको वाीरगंज महानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रसबाट उम्मेदवार बन्ने विषयले वीरगंजको राजनीतिक माहोल तताएको छ ।

नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीति सुरु गरेका गरेका मोहम्मद सहाबुदिन ले प्रजातान्त्रिक बुथ सभापति तथा क्षेत्र नं १ को जिम्मेवारी समेत पाएका थिए।ठाकुर राम बहुमुखी क्याम्पस को बुथ सभापति ,नगर सभापति ,जि.पी कोइराला फाउण्डेशन पर्सा को अध्यक्ष तथा हालै सम्पन्न भएको नेपाली कांग्रेसको महाधिवेशन बाट क्षेत्र नं २ को क्षेत्रिय सभापति को लागि प्रतिनिधी छनौटको लिस्टमा लोकप्रिय मत हासिल गरि निर्वाचित भएको नाम हो, मोहम्मद सहाबुदिन। ने.वि संघको राजनीति गर्ने क्रममा नेता सहाबुदिन २०४८ सालमा नेपाल बिधार्थी संघ को सदस्यता लिइ २०५१सालमा ठाकुर राम बहुमुखी क्याम्पस को इकाई उपसभापति मा निर्वाचित भएका थिए ।

राजनीतिलाई धर्म मानि अनवतरत राजनीति परिवर्तनका लागि अगाडि बढि रहेका छन् । हरेक राजनैतिक आन्दोलनमा सक्रिय आन्दोलनकारीको भूमिका निर्वाह गरेका छन् । २०६२ /२०६३ साल मा भएको जनआन्दोलन मा पटक पटक गरी ३ चोटी जेल चलान समेत भएको र आन्दोलन को क्रममा जिल्ला प्रहरी कार्यालय पर्सा मा कति चोटी हिरासतमा समेत बसेको साथै उहाँ निडर र राज नेता को रुपमा चिरपरिचित भइ नाम कमाएका नेता हुन ।

साथै सुशासन, गुरु योजना सहित को भ्रस्टचार मुक्त निति तथा कार्यक्रम लागु गर्न सक्ने, सक्षम नेतृत्व तथा दृढ इक्षा शक्ति भएका ब्यक्ति एकमात्र श्रेष्ठम बिकल्प यसपाली को आमनिर्बाचन (मेयर पद) का लागि नेपाली कॉंग्रेस पर्सा क्षेत्र न. २ का क्षेत्रिय सभापति मोहमद सहाबुद्दीनलाई पार्टी को तर्फ बाट उम्मेदवार बनाउन चर्चा परिचर्चा नेपाली कांग्रेस भित्र चलिरहेको छ।
#युवानेतृत्व #प्रस्टनितितथाकार्यक्रम #भ्रस्टाचारमुक्तसुशासनप्रणाली #युवास्वरोजगार #प्रस्टगुरुयोजना #श्रेष्ठशिक्षानिति #समृद्ध वीरगंज जस्ता नाराहरू लि हिडेका छन्।

पर्सा जिल्लाको नेपाली कांग्रेसमा एक कुशल नेतृत्वकर्ताको रुपमा नेता मोहम्मद सहाबुदिन लाइ मानिन्छन् ।
नेता मोहमम्द सहाबुदिन ले आफ्नो व्यक्तिगत लगानीमा गिरिजा प्रसाद कोइराला को सालिक समेत बनाएर नाम कमाएका नेता को रुपमा चिरपरिचित भएको मानिन्छ।

नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा भएका अधिकांश नेताहरु महमम्द साहबुदिन समकक्षी नै हुन् ।३ दशकभन्दा पनि लामो राजनैतिक यात्रामा मोहमम्द सहाबुदिन लाई सधैँ ओझेलमा पारिएको छ ।

आउदो बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसमा देखिएका विभिन्न आकांक्षीहरु मध्ये नेता मोहम्मद सहाबुदिन सर्वाधिक चर्चामा छन् । विभिन्न आकांक्षीहरु विगतमा टेस्टेड भइसकेकाले राजनीतिक सुझबुझ भएको र अनुभवी नेताको रुपमा वीरगंजको जनताले मोहम्मद सहाबुदिन जस्तो नेतृत्व पाए परिवर्तनको आशा राख्न सकिन्छ ।

 

विद्यार्थीकाल देखि राजनीतिमा होमिएका सहाबुदिन अरुलाई सुन्ने, बुझ्ने र अध्ययन गर्न सक्ने क्षमता भएको नेता मानिन्छन् । समयानुकूल विकास पूर्वाधार देखि युवा मतदाताको मर्म बुझ्ने क्षमता भएको मोहम्द सहाबुदिन ले नेपाल विद्यार्थी संघको ठाकुर राम बहुमुखी क्याम्पस इकाई उपसभापति हुँदै नेपाली कांग्रेसको राजनीति मार्फत जनताको दुख सुखमा रात दिन लागि परेका हुन्छन् । हाल नेपाली कांग्रेसको क्षेत्र नं २ को क्षेत्रिय सभापति हुन् । समयानुकूल विकास, भ्रष्टाचार न्युनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि वीरगंज महानगर वासीको चाहना मोहमद सहाबुदिनले नै टिकट पाउन भन्ने रहेको चर्चा पाइएकोछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close