पकहामैनपुरमा नेपाली कांग्रेसको वृहत पार्टी प्रवेश कार्यक्रम सम्पन स्थानिय तहको भ्रष्टाचार मेटाउन नेपाली कांग्रेस आवश्यक : केन्द्रिय सदस्य चौरसिया

पकहामैनपुर,२४ चैत्र
पर्साको पकहामैनपुर गाउपालिकामा नेपाली कांग्रेसको बृहत पार्टी कार्यक्रम सम्पन भएको छ ।
नेपाली कांग्रेस पकहामैनपुर गाउपालिका कमिटीले आयोजना गरेको बृहत पार्टी कार्यक्रममा नेकपा माओबादी केन्द्रका गाउपालिका अध्यक्ष्ँ सुरेश मेहता , पार्टी सचिव संजय चौहान , त्यसैगरि जनता सामाजबादी पार्टीका जिल्ला सदस्य तथा पार्टीका गाउपालिका कमिटी अध्यक्ष बिनोद मेहता , साविक गाविस सुर्याहाका पुर्व गाविस अध्यक्ष अध्यक्ष्ँ शिवनाथ चौहान , पत्रकार बिन्दुभुषण साह , पुर्व शिक्षक बिधिचन्द्र सहनी लगायतका करिब ३ सय बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेको पार्टीका प्रदेश सचिव राकेश कुशवाहाले जानकारी दिनुभयो ।

नवप्रबेशी नेताहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , पुर्वमन्त्री सुरेन्द्र चौधरी , मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा , नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले फुलमाला तथा अबिर लगाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले मधेशी जनताको हक अधिकार , आरक्षणको व्यवस्था नेपाली कांग्रेसको सरकारको पालामा सुनिश्चित भएको बताउदै स्थानिय तहमा भईरहेको व्यापक भ्रष्टाचार हटाई जनताको हकहित तथा बिकासको लागि नेपाली कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

केन्द्रिय सदस्य चौरसियाले मधेशी जनताको नाममा भोट लिएर जितेका जनप्रतिनिधीहरु मधेशी जनतालाई धोखा दिई आफु सताको स्वार्थमा रमाईरहेको आरोप लगाउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री सुरेन्द्र चौधरीले मधेश आन्दोलनको नाममा मधेश केन्द्रित दलका नेताहरु चुनाव जितेर मधेशीको नाममा सताको स्वार्थ मात्र सिद्ध गरेको आरोप लगाउनुभयो । पुर्वमन्त्री चौधरीले भन्नुभयो–“ मधेशी दलका नेताहरु सतामा रहेको बेला मधेशी जनताको आवाज समेत उठाउदैनन , सताबाट हटेपछि मात्र चुनावको बेला मधेशको अधिकारको भुठो आवाज उठाई मधेशी जनतालाई बारम्बार झुक्याईरहन्छन ,मधेशी जनता उनीहरुको नौटंकी अब बुझिसकेका छन ।

पुर्वमन्त्री चौधरीले मधेशको बिकास मधेशी दल वा नेकपा एमालेसंग नभई कांग्रेससंग मात्र सम्भव हुने दाबी गनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पर्सा जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले स्थानिय तहको निर्वाचनमा कर्मठ र योग्य उम्मेदवारलाई पार्टीले टिकट दिने बताउदै पार्टी हितविपरित काम गर्ने नेता कार्यकर्तालाई पार्टीले कारवाही गर्ने बताउनुभयो ।

जिल्ला सभापति क्षेत्रीले स्थानिय तहमा नेपाली कांग्रेस विजयी भए पकहा चौकमा पार्टी प्यालेश बन्ने तथा छोरीहरुलाई निःशुल्क उच्च शिक्षा तथा पकहामैनपुर विद्यालयमा प्राबिधिक शिक्षा लागु हुने उदघोष गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेशका खानेपानी मन्त्री ओमप्रकाश शर्मा , शैलेन्द्र यादव , पार्टीका मधेश प्रदेश सदस्य तथा पटेर्वा सुगौली गाउपालिकाकी उपाध्यक्ष ममता महतो , चन्द्र किशोर चौधरी लगायतकाले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता लक्षुमन प्रसाद कुर्मीले स्वागत गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close