युवा नेता सम्भु घिमिरे ले रा.प्र. पा बाट वीरगंज महानगर वार्ड नं ११ मा वडा अध्यक्षमा उम्मेदवारी दिने

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला प्रवक्ता तथा युवा नेता एवम् समाजसेवी सम्भु घिमिरे आज वीरगंज महानगरपालिका वार्ड नं ११ श्रीपुर मा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन । भेटका क्रममा नेता घिमिरे ले वडाको समस्याबारे स्थानिय संग छलफल गरेका थिए ।

छलफल कै क्रममा वडा मा फोहर ब्यवस्थापनमा शुल्क नलिने निशुल्क गर्ने, आफुले जिते कक्षा १२ सम निशुल्क शिक्षा को ब्यवस्था गर्ने, सुत्केरी महिला लाई सुत्केरी महिला लाइ ३०००/-तिन हजार रुपैयाँ भता दिने, वडा बासिको काम मा ३६५ दिन बिहान ८ बजे देखी साझ ६ बजे सम्म सेवा सुचारु गर्ने, सिफारिस प्रमाणित गर्दा लागने शुल्क लगायत का कर निशुल्क गर्ने, वडा २ बर्ष भित्र ब्यवस्थापन गरी पक्की सडक निर्माण गर्ने,५ बर्ष भित्र मा महानगर कै नमुना वडा को रुपमा स्तरोन्नति गर्ने लगायतका एजेण्डा सहित स्थानीय तह निर्वाचन मा उमेदवारी दर्ता गर्न लागेका हुन।

स्थानियले वडामा सोचे जस्तो बिकाश नभएको र वर्तमान जनप्रतिनिधि आफनो व्यत्तिगत स्वार्थपुर्तिमा मात्र लागेको बताएका थिए । स्थानियले संकटको बेला सहयोग नगर्ने तथा निर्वाचनको बेला मात्र जनताको घरमा पुग्ने स्वार्थी नेताहरुको काम नभएको बताएका थिए ।

घिमिरेले समाजसेवालाई अब राजनितिको माध्यमले पुरा गर्ने बताए । उनले वडालाई महानगरकै नमुना वडाको रुपमा बिकाश गर्ने योजना रहेको बताए । नेता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नम्बर ११ श्रीपुर बाट उम्मेदवारी दिन लागेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close