रा.प्र.पा का वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ ले क्षेत्र नं २ को(ख) बाट विधायक मा चुनाव लडने घोषणा

वीरगंज/३० साउन

राष्ट्रिय प्रजातन्त्र पार्टी का वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ ले क्षेत्र नं २ को(ख) बाट विधायक मा चुनाव लडने घोषणा गरेका हुन्।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र न:-२ दुईको (ख) बाट राप्रपा वीरगंज महानगरका अध्यक्ष जलेशवर सरार्फले बिधायकमा चुनाव लडने घोषणा गरेका छन। भर्खर मात्र उनका एकमात्र छोरा दुर्घटनामा परेर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएर छोराको वियोगमा रहेका नगर अध्यक्ष सरार्फले म छोराको वियोगमा रहेतापनी मेरोलागी देश र जनता पनि अपरिहार्य रहेको र हामी जस्तोले राजनीतिमा त्याग नगरे हामीहरुमाथी हामीबाट पनि असक्षम र भ्रष्टाचारीहरुले हामी माथी हावी भई देश र जनतालाई धमिराले खाए जस्तै खाएर सखाप पार्छ्न। भनेर दाबी गरेका छन। अब राप्रपा बाहेक देशमा अर्को कुनै पार्टीको विकल्प नरहेको स्पष्ट पारेका छन।

देशको प्रधानमन्त्री कतिपटक शेरबहादुर देउवालाई र केपी ओली , माधव नेपाललाई बनाए भने यिनिहरुले देशलाई बनाउछ्न। पटकपटक यिनिहरुलाई जनताले बिश्वास गरी भोट दिएर जिताएर देशको सर्वोच्च ठाउँमा पुर्याए तापनी यिनिहरुले देश र जनतालाई पङ्गु बनाउने बाहेक र आफ्नो निजि स्वार्थहरु पूरा गर्ने बाहेक केहिपनी उल्लेखनीय कार्यहरु गर्न सकेनन्।

यस कारण एकपटक राप्रपालाई विश्वास गरी भोट् दिनुस र देश तथा जनतालाई अग्रगमनको बाटोमा ल्याउन तथा देशलाई भ्रष्टाचारबाट मुक्त गराउन सहयोग गर्नुस हामी नष्ट हुन सक्छौ तर भर्ष्ट हुनसक्दैनौ। भनेर नेपाली जनता समक्ष आग्रह समेत गरेका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close