पर्सा क्षेत्र नं १ (क) प्रदेश सभा सदस्य किशोर प्रसाद यादव स्वतन्त्र उमेदवार बिजुलीको बल्ब छाप

वीरगंज, पर्सा

पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क)का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका किशोर प्रसाद यादवले बिजुलीको बल्ब छाप चुनाव चिन्ह पाएका छन्।
पर्सा जिल्ला निर्वाचन अधिकृतको कार्यालय वीरगंज पर्साले बुधबार यादवलाई बिजुलीको बल्ब छाप चुनाव चिन्ह दिएको हो।

यादवले दिनदुखी गरिब, दलित,अति बिपन्न वर्गका व्यक्तिहरु को दुखसुखमा निरन्तर सहयोग गरिरहने र बाढि पिडित परेको दिनमा सहयोग गरिरहने नेतामध्ये एक असल व्यक्तित्व रुपमा चिरपरिचित भइ नाम कमाएका नेता हुन।

यादव वीरगंज महानगरपालिका वडा नं २३ प्रसौनी विर्ता (सबैठवा) निवासी हुन् उहाँ गा. वि.स प्रसौनी विर्ता को अध्यक्ष समेत भएका एक असल व्यक्तित्व हुन्।

काँधमा नेपालको राष्ट्रिय झण्डा भिरेर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका यादवले उनले आफू जहिले पनि जनताको दुःख, सुखमा साथ दिन उनीहरुको घरदैलौमा पुगेकाले आफुलाई जनतालेनै बिजुलीको बल्ब छाप मा आफ्नो मत दिएर जिताउने कुरामा विश्वास व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close