
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १(ख) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका रामनारायण कुर्मी ले जनताकै मतले निर्वाचित हुने र जनतालाई दास झै व्यवहार गर्नेहरुको यसपालिको निर्वाचन पश्चात अन्तय हुने बताउनु भएको हो । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १(ख) बाट प्रदेश सभा सदस्य पदमा नेपाली कांग्रेस बाट उम्मेदवारी दिनु भएक रामनारायण कुर्मीले हालसम्म जनताकै मतले निर्वाचित हुने गरेको र जनतालाई नै शोषण गर्ने गरेको बताए ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीले कुर्सीको लागि राजनीति गर्ने र जनताको मर्म संग राजनीति गर्नेहरु कहिले जनताको हुनै नसक्ने बताए ।
मुख्यमन्त्रीले आफ्नो स्वार्थको लागि सोच्ने मान्सीक्तालाई यसपालिको निर्वाचनमा जनताले जवाफ दिने बताए । कुर्सी पाउदैमा महाराजा बनि जनतालाई दास झै प्रयोग गर्नेहरुलाई यसपालि जनताले आफ्नो एकाधिकार मतबाट जवाफ दिने, उनले बताए । जनताको भविष्य जनताकै हातमा रहेको भन्दै यसपालिको निर्वाचनमा जनताकै जित हुने समेत जिकिर गरे ।
आज आइतबारका दिन बीरगंज महानगरपालिका वडा नं ४ मा घरदैलो कार्यक्रम मा रामनारायण कुर्मी ले भने म निर्वाचित भए आफनो निर्वाचन क्षेत्र नं १(ख) मा प्राबिधिक विधालय स्थापना र हरेक वडा ना बर्थिग्ङ सेन्टर स्थापना गर्ने र पढेलेखेका युवा युवतीहरु लाइ रोजगारी दिलाउने मेरो पहिलो प्राथमिकता रहेको मतदाताहरुको बिचमा भनेका हुन।
घरदैलो कार्यक्रम मा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता तथा नेपाली कांग्रेस का भातृ संगठन जस्तै नेबिसंघ,महिला संगठन का कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।




