
बीरगंज, पर्सा
अहिले देश मंसिर ४ मा हुने संघ तथा प्रदेशको निर्वाचनमा हुमिएको छ । विभिन्न पार्टीका नेताहरुसँगै स्वतन्त्र उमेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन। चुनाव नजिकिदै गर्दा निर्वाचनको माहोल र उम्मेदवारहरुबीचको चुनावी भिडन्त उत्तिकै रोचक बन्दै गएको छ ।
प्रतिनिधि र प्रदेश सभाका हरेक क्षेत्रमा स्वतन्त्र र विभिन्न पार्टीका नेताहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन। देशैभरीका १६५ प्रतिनिधि सभा र ३३० प्रदेशसभा क्षेत्रमा मुख्यतः सतारूढ गठबन्धन र विपक्षी एमाले गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
त्यसै मध्येको एक पर्सा जिल्ला मधेश प्रदेशको अति महत्त्व र राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने जिल्लाको रुपमा चुनावी रौनकले माहोल तताएको छ । पूर्व मन्त्री देखि दलका शिर्ष नेतालाई उमेदवारको रूपमा पाएको पर्सा ले यसपाली कुन गठबन्धनलाई जिताएर पठाउछ भन्ने चासोका साथ हेरिएको छ ।
पर्सा मा प्रतिनिधि सभाका ४ र प्रदेशसभाका ८ क्षेत्र रहेका छन । प्रतिनिधि सभामा एमाले जसपा गठबन्धन को तर्फबाट जनता समाजवादी पार्टी नेपाल को पुर्ब मन्त्री प्रदिप यादव र सत्तारूढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी का नेता लक्ष्मणलाल कर्ण उमेदवार रहेका छन् भने पर्सा २ एमाले जसपा गठबन्धन बाट जनता समाजवादी पार्टी नेपाल का नेता सुरेन्द्र कुर्मी र सतारुढ गठबन्धन को तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया प्रतिस्पर्धामा छन भने पर्सा ३ बाट सतारुढ गठबन्धन को तर्फबाट नेपाली कांग्रेस बाट पुर्ब मन्त्री सुरेन्द्र चौधरी र एमाले जसपा गठबन्धन बाट राजकुमार गुप्ता प्रतिस्पर्धामा रहेका छन् भने पर्सा ४ बाट एमाले जसपा गठबन्धन को तर्फबाट एमाले बाट जालिम मिया र सतारुढ गठबन्धन को तर्फबाट नेपाली कांग्रेस बाट रमेश रिजाल प्रतिस्पर्धामा रहेका छन्।
प्रतिनिधि सभामा यी बाहेक अन्य दलबाट पनि उमेदवार रहेता पनि मुलतः दुई गठबन्धनबीच नै प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। हेभिवेट नेताबीचको प्रतिस्पर्धा र केन्द्रीय स्तरमा प्रभाव भएका व्यक्ति प्रदेशसभामा निर्वाचन लड्दै गरेको हुँदा पर्सा को चुनावी प्रतिस्पर्धालाई विगतमा भन्दा बढी चासोकासाथ हेरिएको छ । अहिले प्रदेशसभा मध्ये क्षेत्र १ (ख)को चुनावी प्रतिस्पर्धा झनै रोचक हुने विश्लेषण गर्न थालिएको छ।
खासगरी पर्सा १ को (ख)बाट प्रदेश सभा सदस्य पदमा उमेदवार रहेका नेपाली कांग्रेस पर्सा का उप सभापति तथा प्रदेश सभा सदस्य पदका उमेदवार रामनारायण कुर्मी र जनता समाजवादी पार्टी नेपाल का तर्फबाट मधेश प्रदेश का मुख्य मन्त्री रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गदि बिच प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। उक्त क्षेत्रमा यसअघि जनता समाजवादी पार्टी नेपाल को तर्फबाट लालबाबु राउत गदी जितेर हाल मधेस प्रदेश सरकारको मुख्य मन्त्री रहेका छन् ।सो क्षेत्रमा यसअघिको मतलाई हेर्दा सतारुढ गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका रामनारायण कुर्मी जसपाका का उम्मेदवार लालबाबु राउत गदि भन्दा अगाडी छन्।
नेपाली कांग्रेस पर्सा का उप सभापति तथा मधेस प्रदेश का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी लाइ मधेस प्रदेशमा नेपाली कांग्रेस बाट भावी मुख्यमन्त्रीको जिम्मेवारी दिनसक्ने भएकोले पनि त्यहाँका मतदाता तथा नेता कार्यकर्ताले उत्साहित देखिन्छन् । केन्द्रीय स्तरमा पँहुच र प्रभाव राख्ने कुर्मी लाई प्रदेशमा महत्वपूर्ण भुमिका दिने गरी नै पार्टीले प्रदेशसभामा निर्वाचनमा पठाएको नेताहरु बताउँछन् ।
यस्ता छन् रामनारायण कुर्मीका प्रतिबद्धता
‘कृषि,पर्यटन र पूर्वाधार, जनजीवन बदल्ने पहिलो आधार’ –संविधान कार्यान्वयन, कृषि, पर्यटन र पूर्वाधार निर्माण गर्दै स्वदेशमै रोजगार सृजना गर्ने । भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै शुसासन र छिटो छरितो सेवा प्रदान गर्ने ।
–सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य पुरा गर्ने ।
– निर्वाचन क्षेत्र एक सडक अन्तर्गत ज्यामीरे खाली विरुवा मेबाभूरुहन वालिङ सडकलाई पुरा गर्ने ।
–आधा अधुरो सडकलाई स्तरोन्नती एवं कालोपत्रे पुरा गर्ने ।
– निर्वाचन क्षेत्र भित्र रहेका सम्पूर्ण वडा भित्र बर्थिग्ङ सेन्टर स्थापना गर्ने।
– निर्वाचन क्षेत्र भित्र प्राबिधिक विधालय स्थापना गर्ने र रोजगारी सिर्जना गर्ने।
–विभिन्न कृषिका आयोजनाहरु संचालन गरि स्वरोजगार एवं रोजगारीको सृजना गरिनेछ ।
–कृषक सम्मान कार्यक्रमहरु संचालन गरिनेछ ।
–कृषी उपज वस्तु संकलन केन्द्रहरुको स्थापना तथा व्यवस्थापन गरिनेछ ।
–सुन्तलाको पकेट क्षेत्र विस्तार गरी नगदेवाली उत्पादनमा बढोत्तरी गरीनेछ । प्रत्येक वडामा सबै जनतालाई पायक पर्ने गरी पालिका स्तरिय विशेषज्ञ चिकित्सक सहितको अस्पताल निर्माण गरिनेछ ।
–शिक्षामा जनताको सरल पहुँच हुने व्यवस्था गरिनेछ ।
–ग्रामिण सामुदायिक स्कूलहरुको गुणस्तरमा वृद्धि गरिनेछ ।
–विभिन्न पर्यटकीय स्थलहरुको पहिचान तथा संरक्षण प्रवर्द्धन गरि आन्तरिक तथा बाह्य पर्यटनको विकास गरिनेछ । युवा स्वरोजगार, खेलकुद तथा अन्य आवश्यक युवा हितकारी कार्यक्रमहरु संचालन गरिनेछ ।
–जेष्ठ नागरिक, महिला, दलित लगायत उत्पीडित वर्गलाई सम्मानका साथ बाँच्ने वातावरण निर्माण गरिने छ ।
–स्थानीय युवा शक्तिलाई रोजगारीको व्यवस्था मिलाई वैदेशिक पलायनलाई रोकिने छ ।
– लागुऔषध खाएर युवाहरु अलपत्र परेका छन् कतिपय तिन लाइ जागिर नपाएर अलपत्र परेर घरेलु समस्या ले गर्दा अलपत्र परेका लाइ त्यस्ताहरु लाइ राम्रो बाटो देखाएर सिपमुलक तालिम दिएर रोजगारी दिने बताएका छन्।
–सुन्दर पर्सा, समृद्ध पर्सा अन्तर्गतको विकसित क्षेत्रको रूपमा यस क्षेत्रलाई परिचित गरिनेछ ।