पर्सामा काँग्रेसले फर्कायाे पुरानाे साख : ७ मध्ये ५ उम्मेदवार विजयी

मंसिर ४ मा भएको निर्वाचनमा पर्सा जिल्लामा नेपाली काँग्रेसले अरु दलको भन्दा उत्कृष्ट प्रदर्शन गरेको छ ।

पर्सा जिल्लामा प्रतिनिधीसभाका ४ र प्रदेशसभाका ८ निर्वाचन क्षेत्र छन्।२०७४ को निर्वाचनमा काँग्रेसले चार वटै प्रतिनिधीसभा क्षेत्र र ८ मध्ये ६ प्रदेशसभा क्षेत्रमा पराजय व्यहोरेको थियो ।

तर मंसिर ४ मा भएको निर्वाचनमा भने पर्सामा काँग्रेसका अधिकांश उम्मेदवार निर्वाचित भएका छन् ।पर्सामा ३ प्रतिनिधीसभा र ४ प्रदेशसभा सदस्यमा गरि काँग्रेसका पाँच जना उम्मेदवार थिए । त्यस मध्ये २ प्रतिनिधीसभा सदस्य र ३ प्रदेशसभा सदस्यमा काँग्रेसले जितेको हो । जनता समाजवादी पार्टी (जसपा) ले भने १ प्रतिनिधीसभा सदस्य र २ प्रदेशसभा सदस्य जित्दा नेकपा एमालेले भने १ प्रतिनिधीसभा सदस्य मात्र जितेको छ । नेकपा माओवादी केन्द्र , लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) र स्वतन्त्र उम्मेदवारले भने १/ १ प्रदेशसभा सदस्य मात्र जितेका छन् ।

२०७४ को निर्वाचनमा पर्सामा जसपा (तत्लानी संघीय समाजवादी फोरम) ले ३ प्रतिनिधीसभा सदस्य र ५ प्रदेशसभा सदस्य जित्दा काँग्रेसले २ प्रदेशसभा सदस्य मात्र जितेको थियो । लोसपा (तत्कालीन राष्ट्रिय जनता पार्टीले १ प्रतिनिधीसभा सदस्य र १ प्रदेशसभा सदस्य जितेको थियो ।

मंसिर ४ मा भएको निर्वाचनमा जिल्ला सबै भन्दा उत्कृष्ट प्रदर्शन गरेको काँग्रेसले पर्सा २ र ४ को प्रतिनिधीसभा सदस्य तथा पर्सा २ को (क) , ३ को (ख) र ४ को (क) मा प्रदेशसभा सदस्य जितेको हो ।

पर्सा २ को प्रतिनिधीसभा सदस्यमा काँग्रेसका अजय चौरसिया निर्वाचित भएका छन् । काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसिया निकटतम प्रतिस्पर्धी जसपाका सुरेन्द्र कुर्मी भन्दा ६ हजार ६ बढि मत प्राप्त गर्दै विजयी भएका हुन् । चौरसियाले २८ हजार ४ सय ५१ मत पाउदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् । चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित भएका हुन् । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए ।२०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित भएका थिए ।

पर्सा ४ को प्रतिनिधीसभा सदस्यमा पनि काँग्रेसकै रमेश रिजाल विजयी भएका छन् ।निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँलाई ५ हजार ५ सय ३० मतको अन्तरले पराजित गर्दै रिजाल निर्वाचित भएका हुन् ।रिजालले ३१ हजार १ सय ४२ मतका मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी मियाँले भने २५ हजार ६ सय १२ मत मात्रै पाएका छन् । २०४८ यताको हरेक निर्वाचनमा चुनाव लड्दै आएका काँग्रेस केन्द्रिय सदस्य रिजाल चौथो पटक सांसद बनेका हुन् ।

पर्सा ३ को प्रतिनिधीसभा सदस्यमा भने नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएका छन् । गुप्ता , काँग्रेसका सुरेन्द्र चौधरीलाई १ सय ५१ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका हुन् । गुप्ताले २४ हजार २ सय ६० .मतका साथ विजयी हुदाँ चौधरीले भने २४ हजार १ सय ९ मत पाएका छन् ।

पर्सा क्षेत्र नम्बर १ मा भने जसपाका प्रदीप यादव निर्वाचित भएका छन् । पूर्वमन्त्री समेत रहेका यादव २२ हजार ५ सय ३७ मतका साथ लगातार दोश्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीले २० हजार ९ सय १७ मत पाएका छन् । काँग्रेसबाट टिकट नपाएपछि द्धिवेदीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यादव र द्धिवेदी बिचको मतान्तर १ हजार ६ सय २० छ । यस क्षेत्रमा पाँच दलीय गठबन्धनबाट लोसपाका उम्मेदवार एंव निर्वतमान सांसद लक्ष्मणलाल कर्णको भने जमानत नै जफत भएको छ । सत्तागठबन्धनका उम्मेदवार हुदाका बाबजुद पनि कर्णले १ हजार १ सय १७ मत मात्रै प्राप्त गरि चौथो स्थानमा सिमित हुन पुगेका छन् । २०७४ को निर्वाचनमा यादव यहि क्षेत्रबाट २१ हजार १ सय ३२ मतका साथ पहिलो पटक प्रतिनिधीसभा सदस्यामा निर्वाचित भएका थिए ।

प्रदेशसभा सदस्य तर्फ काँग्रेसका चार मध्ये तीन जना उम्मेदवार जित हात पार्न सफल भएका छन् ।पर्सा क्षेत्र नम्बर १ (क) को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रका रहबर अन्सारी निर्वाचित भएका छन् । अन्सारी ७ हजार ८ सय १७ मतका प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवलले ५ हजार ६ सय १८ मत पाएका छन् । अन्सारी र यादव बिचको मतान्तर १ हजार १ सय ९९ रहेको छ ।

पर्सा क्षेत्र नम्बर १ (ख) मा मुख्यमन्त्री समेत रहेका जसपा उम्मेदवार मोहम्मद लालबाबु राउत गद्धी पुन निर्वाचित भएका छन् । राउत ७ हजार ५ सय ४५ मतका साथ पुन प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार राम नारायण कुर्मीले ६ हजार ४ सय १२ मत मात्रै पाए । राउत र कुर्मी बिचको मतान्तर १ हजार १ सय ३३ रहेको छ ।२०७४ को निर्वाचनमा राउत , यहि क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरम( हालको जसपा) को उम्मेदवार बनेर ९ हजार ८ सय ४ मतका साथ विजयी भएका थिए ।

पर्सा क्षेत्र नम्बर २ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका श्याम पटेल निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी जसपाका रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पछि पार्दै पटेल विजयी भएका हुन् । पटेलले १३ हजार ७ सय ८४ मत पाएका हुन् । जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादवले भने १२ हजार १ सय १७ मत मात्रै पाएका छन् ।

पर्सा क्षेत्र नम्बर २ (ख) को प्रदेशसभा सदस्यमा लोसपाका रमेश कुर्मी पुन निर्वाचित भएका छन् । कुर्मी ९ हजार ४ सय ७१ मतका साथ प्रदेशसभा सदस्यामा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले ६ हजार ८ सय ३४ मत पाएका छन् । कुर्मी र सिंह बिचको मतान्तर २ हजार ६ सय ३७ रहेको छ ।२०७४ को निर्वाचनमा सिंह , पर्सा २ (ख) कै प्रदेशसभा सदस्यमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार बनेका कुर्मी ९ हजार ७ सय ६ मतका साथ विजयी भएका थिए ।

पर्सा क्षेत्र नम्बर ३ (क) को प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल विजयी भएका छनन् ।जयसवाल , ७ हजार ३ सय ८१ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–जसपा गठबनधनबाट एमालेका उम्मेदवार अब्दुल रहिम अन्सारीले ५ हजार ९ सय ३० मत पाए । जयसवाल र अन्सारी बिचको मतान्तर १ हजार ४ सय ५१ छ ।अन्सारी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बनेर यहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

पर्सा क्षेत्र नम्बर ३ (ख) को प्रदेशसभा सदस्यमा काँग्रेसका जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन् । काँग्रेसका जिल्ला सभापति समेत रहेका सिंह २ हजार ६ सय भन्दा बढि मतान्तरले विजयी भएका हुन् । सिंह १० हजार १ सय ७२ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी जसपाकी उम्मेदवार डा. मधु गुप्तालाई २ हजार ६ सय ७६ मतको अन्तरले पराजित गर्दै सिंह प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सिंह १० हजार १ सय ७२ .मतका साथ विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी डा. गुप्ताले ७ हजार ४ सय ९६ मत पाएकी छन् ।

पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा काँग्रेसका शंकर चौधरी पुन निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका जयप्रकाश थारुलाई २ हजार ३४ मत अन्तरले पछि पार्दै चौधरी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । चौधरीले ११ हजार ५ सय ८५ मत पाएका हुन् । एमालेका थारुले भने ९ हजार ५ सय ५१ मत मात्रै पाएका छन् ।पराजित थारु , एमालेका जिल्ला अध्यक्ष हुन् ।चौधरी , २०७४ को निर्वाचनमा पनि यहि प्रदेशसभा क्षेत्रबाट निर्वाचित भएका थिए । त्यस बेला पनि चौधरीले थारुलाई नै पराजित गरेका थिए ।

पर्सा क्षेत्र नम्बर ४ (ख) मा जसपाका उम्मेदवार सिंहासन सा कलवार पुन निर्वाचित भएका छन् ।२०७४ को निर्वाचनमा त्यहि क्षेत्रबाट प्रदेशसभा निर्वाचित कलवार दोहोरिएर निर्वाचित भएका हुन् ।कलवार १५ हजार ३ सय ८५ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानु १२ हजार ६ सय ४१ मत पाएका छन् । कलवार र कानु बिचको मतान्तर २ हजार ७ सय ४४ रहेको छ । २०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ४ को (ख) मा तत्कालीन संघीय समाजवादी फोरमबाट उम्मेदवार बनेर जितेका कलवारले ११ हजार ७ सय ८ मत पाएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close