मेयर रौनियारको पहलमा पोखरिया अस्पतालमा एम्बुलेन्स खरिदको लागी चेक हस्तान्तरण

मेयर रौनियारको पहलमा पोखरिया अस्पतालमा एम्बुलेन्स खरिदको लागी चेक हस्तान्तरण

राजन कुमार बानिया
पोखरिया ३ जेठ
प्रदेश सरकार ले पर्साको पोखरिया नगरपालिका मा रहेको पोखरिया अस्पताल लाई एम्बुलेन्स खरिद को लागि ३१ लाख २५ हजार को चेक हस्तान्तरण गरेपछी पोखरिया नगरपालिका को जनता हरु खुशी भएका छन। पोखरिया नगरपालिका को मेयर दिपनाराण रौनियार को पहलमा पोखरिया का स्वास्थ्य लगायतको बिकास मा सहयोग गर्नुभएको मुख्यमन्त्री लालबाबु राउत , समाजिक बिकास मंत्री नवल किसोर साह लगायत भौतिक पुर्वधार बिकास मंत्री जितेन्द्र सोनल लाई मेयर रौनियार ले धन्यबाद समेत दिनु भएको छ।

मेयर रौनियार ले पोखरिया को स्वास्थ्य ,शिक्षा लगायत बिकास को काम को लागि अहोरात खटेर गर्नुभएको मेहनत ले गर्दा यसको फल स्वरुप अाज बिरगंज महानगरपालिका को नगरसभा गृह मा अायोजित कार्यक्रम मा मुख्यमन्त्री राउत ले पोखरिया नगरप्रमुख दिपनारायण रौनियार लाई पोखरिया अस्पताल मा एम्बुलेन्स खरिद को लागि ३१ लाख २५ हजार बराबर को चेक हस्तान्तरण गरेको थियोे । नगरप्रमुख रौनियार ले भने पोखरिया अस्पताल मा न्या प्रबिधिक समेत को एम्बुलेन्स छिटै नै खरिद गरिने बताए ।

यो एम्बुलेन्स बाट पोखरिया नगरपालिका को १० वटै वडा लगायत ग्रामिण क्षेत्रका अधिकांस गाउँपालिका र नगरपालिका को लाखौ जनता हरु को सहयोग पुगने बताए ।एम्बुलेन्स खरिद भएपछि नगरपालिका को जनता हरु लाई सहुलियत दरमा सेवा प्रदान गरिने मेयर रौनियार ले बताए । पोखरिया अस्पताल मा अाधुनिक किसिम का एमबुलेन्स खरिद गर्ने भएपछी पोखरिया नगरपालिका का जनता हरु खुशी भएका छन।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close