
राहुल गुप्ता
संविधानसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य एंव मधेश सरकारका श्रम तथा यातायात मन्त्री काैशल राय यादव सँग भेटघाट भएको छ।
पुर्ब सभापति राजेन्द्र बहादुर अमात्यकाे घरमा नेपाली कांग्रेसकाे तर्फ बाट मधेश सरकारमा प्रतिनिधित्व गरिरहेका श्रम तथा यातायात मन्त्री काैशल राय यादव सॅग मधेश प्रदेशको बिकासको बारेमा र राजनितिक छलफल भएको थियो।राजनीतिक छलफलको क्रममा संबिधान सभा सदस्य एंव नेपाली कांग्रेस पर्साका पुर्ब सभापति राजेन्द्र बहादुर अमात्यले नेपाली कांग्रेस लाई मधेश प्रदेशमा १ नंवरमा राखन र चिनाउनको निमित जनताको हितमा रहि काम गर्न आग्रह गर्नन भएको थियो र आउदो चुनावमा मधेश लगायत नेपालमा नै नेपाली कांग्रेस पहिलो पार्टि बन्ने वाच्चा गर्नु भएको हो।
मन्त्री यादव सॅग भेटघाटको क्रममा नेपाली कांग्रेसको नेताहरू विजय कर्ण,राेशन लामिछाने, महाधिवेशन प्रतिनिधि मुकेश गुप्ता ,प्रदेश प्रतिनिधि मनाेज कलवार,नेपाल तरूण दलकाे केन्द्रीय सदस्य संजय चतुर्वेदी,अवधेश साह,राम विलास लगायत नेपाली कांग्रेसका कार्यकताहरूकाे विशेष उपस्थिति रहेकाे थियाे।




