केपि शर्मा ओलि नेतुत्वको नेकपा पार्टीको सरकारले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा जसपा नेपाल पर्साद्वारा बिरगंजमा बिरोध प्रदर्शन ।

अजित भुजेल

बिरगंज , पौष ०८ गते बुधबार ।

केपी शर्मा ओली नेतृत्वको नेकपा पार्टीको सरकारले यहि पौष ०५ गते आइतबार प्रतिनिधिसभा विघटन गरेको विरुद्ध जनता समाजवादी पार्टी नेपाल पर्साले बिरगंजमा विरोध प्रदर्शन गरेको छ ।

जसपाको केन्द्रीय कमिटिको निर्णय अनुसार देशको ७७ वटै जिल्लामा बुधबार विरोध प्रदर्शन गर्ने निर्णय अनुसार जसपा पर्सा कमिटिले आज बिरगंजमा विरोध प्रदर्शन गरेको हो ।
केपी शर्मा ओली सरकारले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको भन्दै प्रतिनिधिसभा सदस्यद्वय प्रदीप यादव र हरिनारायण रौनियारको नेतृत्वमा जसपा नेपाल पर्साले बिरगंजमा विशाल र्‍याली निकालेको थियो ।

घण्टाघरबाट सुरु भएको र्‍याली नगर परिक्रमा गर्दै पुन: घण्टाघर आएर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा जसपाका नेता तथा कार्यकर्ताहरुले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवले केपी शर्मा ओली नेतृत्वको सरकारलाई जनताले दिएको दुई तिहाइको बहुमत नपचेको बताए । असंवैधानिक तरिकारले विघटन गरिएको प्रतिनिधिसभा विघटनको निर्णय नसच्याएसम्म जसपाको आन्दोलन जारी रहने उनले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

कोभिड संक्रमणको संकटमा देश परेको बेला केपी ओली सरकारले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्नु हास्यास्पद भएको बताए । ‘आफ्नो जनतालाई जोगाउन विश्वका सम्पूर्ण देश खोप खरिदमा लागेको बेला केपी ओली सरकारले निर्वाचनको घोषणा गर्नु हास्यास्पद छ,’जसपाको केन्द्रीय सदस्यसमेत रहेका सांसद् यादवले भने, ‘व्यक्तिगत स्वार्थका लागि केपी ओलीले देश र जनतालाई संकटमा पुर्‍याएका छन् । जनताले यस्तो प्रतिकार गर्छ ।’

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियारले जसपाले केपी ओली सरकारको अराजनैतिक निर्णय विरुद्ध आन्दोलन गरिरहेको बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र सङ्घीय प्रणालीलाई अघात गर्नेगरी संसद् विघटनको निर्णय सच्याएर देशलाई स्थिरता तर्फ लग्नुपर्ने उनले सुझाव दिए । जसपाको केन्द्रीय सदस्यसमेत रहेका सांसद् रौनियारले संसद् पूर्णस्थापनाका लागि आफुहरुले सडकदेखि सर्वाच्चसम्म लडाई लड्ने अभियान सुरु गरिएको बताए ।

विरोध कार्यक्रम पर्सा क्षेत्र न. १ का प्रतिनिधि सभासदस्य प्रदीप यादव , पर्सा क्षेत्र न. ३ का प्रतिनिधि सभासदस्य हरिनारायण रौनियार , जसपा पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य रमेश पटेल, जनत अन्सारी, प्रह्लाद् गिरि, करिमा बेगम, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजय चौरसिया, सखुवा पर्सौनी गाउपालिका अध्यक्ष प्रदीप जयसवाल, विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, पोखरिया नगरपालिकाकी उपमेयर सल्मा खातुन, जसपाका केन्द्रीय सदस्य नेजामुदिन समानी, पुरुषाेतम झा, राजेशमान सिंह, सुरेन्द्र कुर्मी, शिव पटेल,प्रेमबाबू पटेल , कृष्णा पटेल , युवा नेता ओमप्रकाश सर्राफ, इश्वर यादव, जगदिश पटेल, शिवजी सोनी, मुकेश द्विवेदी, सुशील कुमार कानु, बैजु स्वर्णकार, रुपक पटेल, महिला नेतृ रम्भा मिश्र, मुन्नी श्रीवास्तव, प्रतिमा जोशी, उषा श्रीवास्तव , मिनु ठाकुर लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close