
काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा पठाएको छ ।
अदालतको शाखा अधिकृत नेत्रबहादुर माझीले पत्र काटेर राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमा पत्र पठाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ८ गते दोस्रो पटक गरेको संसद् विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । दुई दिनभित्र देउवाको ७६९५० अनुसार दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।
अदालतले साउन ३ गते बेलुका ५ बजेसम्म संसद् बैठक बोलाउन समेत आदेश दिएको छ ।


आफ्नो प्रतिक्रिया दिनुहोस




