
नवलपुर । पूर्वी नवलपरासीको पहाडी गाउँपालिका बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।
नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सरकारले दुर्गम क्षेत्रलाई प्रथामिकतामा राखेर खोप लगाउने कार्यक्रम अन्तरगत नवलपुरको बौदीकाली र बुलिङटारलाई पनि प्रस्ताव गरिएको हो ।
प्रस्ताव गरिए अनुसार खोप आउन साथ नवलपुरको बौदीकाली र बुलिङटार गाउँपालिकाका १८ बर्ष माथिका सबै नागरिकलाई खोप लगाइने प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




