हाजिरी जमानीमा छाडेपछि अन्सारी र डा साहविरुद्धको मुद्दा कमजोर बन्दै

हाजिरी जमानीमा छाडेपछि अन्सारी र डा साहविरुद्धको मुद्दा कमजोर बन्दै

नेशनल मेडिकल कलेजका सञ्चालक शाहनवाज अन्सारी र प्रयोगशाला प्रमुख डा सञ्जय साहविरुद्ध कालोबजारीसम्बन्धी मुद्दा अहिले ओझेलमा परेको छ । राजनीतिक दबाबका कारण पर्सा प्रहरीले नेशनल मेडिकल कलेजको प्रयोगशालामा मिति गुज्रिएका केमिकल बरामद भएपछि प्रबन्ध निर्देशक एवं सञ्चालक अन्सारी र प्रयोगशाला प्रमुख डा साहलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि उनीहरूविरुद्ध पहिलो चरणमा दुई दिनको म्याद थपेको प्रहरीले दोस्रोपटक पाँच दिनको म्याद थप गरेकै दिन उच्च राजनीतिक दबाबमा हाजिरी जमानीमा छाडेको थियो । प्रहरी अनुसन्धान अधिकृतलाई हाजिरी जमानीमा छाड्ने अधिकार भएपनि हाजिरी जमानीमा छाड्नुपर्ने उचित कारण भने देखाउनुपर्नेमा सो देखाइएको छैन । दोस्रFेपटक पाँच दिनको म्याद थप गरेकै दिन चैत २८ गते बेलुकी दुवैजनालाई प्रहरीले हाजिरी जमानीमा छाडेको थियो ।

पर्सा जिल्ला अदालतबाट दिउँसो म्याद थप गरेको प्रहरीले सो दिन राजनीतिक दबाब थेग्न नसकेर मध्यरातमा दुवैजनालाई हाजिरी जमानीमा छाड्नुपरेको थियो । अस्पतालका प्रबन्ध निर्देशक एवं सञ्चालक अन्सारी पक्राउ परेकै दिन चैत २६ गते रातिदेखि मुटु दुखेको कारण देखाएर वीरगंज हेल्थकेयरको सघन उपचार कक्ष्F (आइसियू)मा भर्ना भएका थिए ।

हाजिरी जमानीमा छाड्ने निर्णय भएपछि उनलाई मध्यराति १ बजे आइसियुबाट बाहिर निकालिएको थियो र अहिलेसम्म उनी ठीकठाक अवस्थामा छन् । प्रहरीले हाजिरी जमानीमा छाडेपछि यो मुद्दालाई अगाडि बढाएको छैन । प्रहरीले कालोबजारीमा २२ दिनभित्र अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ । यो अवधिसम्म अभियुक्तहरूलाई थुनामा राखेर अथवा बाहिर राखेर अनुसन्धान गर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने हुन्छ ।

शुरूमा अदालतबाट म्याद थप गरेको प्रहरीले हिजो दोस्रोपटकको पाँच दिनको म्याद सकिएको तर मधेस प्रदेशमा सार्वजनिक बिदा भएको कारण थप म्याद लिन सकेन तर आज पनि अदालतबाट म्याद थप गर्न सकेन । पर्सा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले अभियुक्तहरूलाई हाजिरी जमानीमा छाडेको र घटनाबारे अनुसन्धान जारी रहेको बताए । उनले अनुसन्धान सकिएपछि मुद्दा अदालतमा दायर गरिने जानकारी गराएका छन् ।

यसरी गरिन्थ्यो म्याद गुज्रिएका केमिकलको प्रयोग
नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएका केमिकल प्रयोगबारे एकजना प्राविधिकले अटो एनालाइजर मेशीनको नाममा कलेजको प्रयोगशालामा म्याद गुज्रिएका औषधि प्रयोग भइरहेको दाबी गरेका छन् ।

उनले अटो एनालाइजर मेशीनले म्याद गुज्रेको केमिकल नस्वीकार्ने सन्दर्भमा त्यहाँका प्राविधिकहरूले सेवाग्राहीहरूको उपचारमा खेलबाड गरिरहेको आरोप लगाएका छन् । ती प्राविधिकले अटो एनालाइजर मेशीनमा म्याद गुज्रिएको केमिकल प्रयोग गर्दा प्रFविधिकहरूले मेशीनलाई म्यादवाला केमिकलको ट्याग देखाउने र त्यसमा म्याद गुज्रिएको केमिकलको प्रयोग गर्ने गरेको बताएका छन् ।

यसो नगर्ने हो भने कलेजको प्रयोगशालाको फ्रिज र बाहिर ठूलो परिमाणमा केमिकल बरामद हुने थिएन । ३३ प्रकारका केमिकल म्याद गुज्रेको अवस्थामा ल्याबभित्र फेला पर्नुको उद्देश्य अरू केही नभएको र प्रयोगशालाले सो म्याद गुज्रेको औषधि प्रयोग गरिरहेको प्राविधिकको दाबी छ । ल्याबमा प्रयोग हुने केमिकल अतिसंवेदनशील हुनाले यसलाई विधिपूर्वक नष्ट गर्नुपर्नेमा महानगरले संवेदनशीलता नदेखाएको आरोप छ । eprateek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close