टिचिङमा उपचाररत बालिकामा कोरोना संक्रमण

टिचिङमा उपचाररत बालिकामा कोरोना संक्रम

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

ती बालिकालाई एक साताअघि उपचारका लागि कपिलवस्तुबाट ल्याइएको थियो। उनलाई अस्पतालको न्युरो वार्डमा राखिएको थियो।

अस्पतालका निर्देशक प्रेमसिंह खड्गाका अनुसार बालिका अहिले अस्पतालमै छन्। उनको आज शल्यक्रिया गर्ने योजना थियो।

अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना देखिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको निर्देशक खड्गाले जानकारी दिए।

पछिल्लो समय कपिलवस्तुमा कोरोनाका संक्रमित दैनिकजसो भेटिन थालेका छन्। ती बालिकालाई पनि उतै हुँदा कोरोनाको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।setopati

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close